राजेश खत्रीको ‘जुलुङ्गोे’लाई युनिसेफको आइरिस अवार्ड
काठमाडौँ -नेपाली निर्देशक राजेश प्रसाद खत्रीद्वारा निर्देशित चलचित्र ‘अ स्केरक्रो’ फ्लोरेन्स चलचित्र महोत्सवमा युनिसेफ आइरिस ७५ अवार्ड जित्न सफल भएको छ । युनिसेफको ७५ औं वार्षिकोत्सवको अवसरमा ‘युनिसेफ ७५ आइरिस’ युनिसेफ इनोचेन्टी चलचित्र महोत्सवमा फिल्मले सो अवार्ड जित्न सफल भएको हो ।
अन्तर्राष्ट्रिय निर्णायक मण्डलीले ‘अ स्केरक्रो’ लाई शीर्ष पुरस्कारको लागि चयन गरेका हुन् । जुम्लाको एक सरकारी विद्यालयका शिक्षक राजेशले फिल्ममा किशोरीहरूलाई शिक्षा प्राप्त गर्नबाट केले रोकिरहेको छ भन्ने विषयलाई प्रस्तुत गरेका छन् ।
‘यी सत्य कथाहरूलाई प्रस्तुत गरी चलचित्रको माध्यमबाट म बालबालिकाको अधिकारको वकालत गर्न चाहन्छु र यी कथाहरू संसारका सबै भागमा पुग्ने आशा गर्दछु,’ खत्रीले भनेका छन् ।
‘जुलुंङ्गो’ नेपाली नाम राखिएको यो फिल्मले नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)मा पनि उत्कृष्ट लघु फिल्मको अवार्ड जितेको थियो । यो फिल्म कोरियाको बुसान फिल्म फेस्टिभलमा पनि लघु फिल्म विधामा प्रतिस्पर्धामा रहेको थियो । ‘जालगेडी’बाट विश्वका थुप्रै अवार्ड जितेका राजेशले पहिलो फिचर फिल्म ‘श्यामश्वेत तस्बिर’ निर्देशनको तयारी गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया