सिनेमा

नवाजुद्धिनले ओटिटीमा रिलिज हुने फिल्म नखेल्ने

इकागज |
कात्तिक १२, २०७८ शुक्रबार १४:४९ बजे

मुम्बई - नवाजुद्धिन सिद्धिकीले डिजिटल प्लेटफर्ममा रिलिज हुने फिल्म नगर्ने घोषणा गरेका छन् । उनले डिजिटल प्लेटफर्ममा रिलिज हुने फिल्म देखेर खुसी नभएको बताएका छन् । उनले डिजिटल प्लेटफर्म फोहोर फ्याँक्ने ठाउँ भएको बताएका छन् । 

‘डिजिटल प्लेटफर्म यस्ता सोले भरिएका छन् पहिला त जुन कोही हेर्न चाहाँदैनन् । दोस्रो चाहिँ यस्ता सो आइरहेका छन् जसमा कुनै नयाँ कुरा छैनन्,’ उनले भनेका छन् । नवाजुद्धिनलाई डिजिटल प्लेटफर्मको सुपरस्टान भनिन थालेको थियो । नेटफ्लिक्समा रिलिज भएको ‘सेक्रेड गेम्स’ले भारतमा ओटिटीप्रतिको भरोसा बढाउन ठूलो योगदान दिएको थियो जसमा नवाजुद्धिन सिद्धिकीले उत्कृष्ट अभिनय गरेका थिए । 


उनले ओटिटीमा पहिला जस्तो आकर्षण नभएको पनि गुनासो गरेका छन् । ‘जब मैले सेक्रेड गेम्स गरेको थिएँ त्यतिबेला उत्साह र चुनौती थियो । नयाँ प्रतिभाले मौका पाएका थिए । तर अहिले यसमा ताजापन छैन,’ उनको भनाइ छ, ‘अहिले यो ठूलो प्रडक्सन कम्पनीको कमाउ धन्दा मात्र भएको छ । उनीहरू ओटिटीका लागि फिल्म वा सो बनाइदिने ठेक्का लिएका छन् । संख्याले गुणस्तर सखाप भएको छ ।’सिद्धिकीले यस्ता सो हेर्ने नसक्ने भएको पनि बताएका छन् । ‘यदि म आफैँ हेर्न सक्दिन भने मैले त्यस्ता फिल्म वा सिरिजमा कसरी अभिनय गर्ने,’ उनले प्रश्न गरेका छन् । 


Author

थप समाचार
x