सकियो बलिउड फिल्म ‘उँचाइ’को नेपाल सेड्युल
काठमाडौँ - २५ दिन नेपालका हिमाली जिल्लामा सुटिङ भएको बलिउड फिल्म ‘उँचाइ’को नेपाल सेड्युल सकिएको छ । खोटाङको नाम्चेदेखि मुस्ताङका विभिन्न ठाउँमा सुटिङ भएको फिल्मको शुक्रबार पहिलो सेड्युल सकिएको हो ।
राजश्री प्रडक्सनले निर्माण गरेको यो फिल्मको सुटिङको अक्टोबर ४ बाट सुरु भएको थियो । नेपालमा ह्याता होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो । नाम्चेमा १५ दिनभन्दा ज्यादा समय खिचेपछि टोलीले मुस्ताङमा बाँकी दृश्य सुटिङ गरेको थियो । नेपालमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका, परिनीती चोपडा आदि कलाकारले सुटिङ गरेका थिए । सुटिङमा नेपालका केही कलाकारसँगै पारमिता रानाले पनि सहभागिता जनाएकी थिइन् ।
फिल्ममा अमिताभ बच्चन पनि छन् । तर स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर सुटिङ गरिएको थियो । फिल्मको बाँकी सेड्युल मुम्बईमा सुरु हुनेछ । प्रडक्सन मेनेजर शंकर पाण्डेले बलिउडको टोली शुक्रबार काठमाडौँ फर्कने र शनिबार नै मुम्बई फर्कने कार्यक्रम रहेको जानकारी गराए । फिल्मलाई सुरज बाडजात्याले निर्देशन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया