११ वर्षपछि 'हर्के हवल्दार'मा फर्किए 'डिट्ठा साब'
११ वर्ष पहिले निर्माण टिमसँग साधारण मनमुटाव भएर कान्तिपुर टेलिभिजनबाट प्रसारण भएकाे टेलिश्रृङ्खला 'हर्के हल्दार' छाेडेर 'डिट्ठा साब' निर्माण गरेर आफ्नाे कलाकारिता,निर्देशन र लेखनमा दक्ष किशाेर भण्डारी 'डिट्ठा साब' पुनः 'हर्के हल्दार'मा पुरानै चरित्र र जिम्मेवारी लिएर फर्केका छन ।
उनीसँगै उनको जाेडी रेश्मा तिमल्सिना 'बुनुमैचा' पनि फर्केकी छिन । ७७ भाग सम्म 'हर्के हल्दार' मा रहेर बाहिरिएका डिट्ठा/बुनुमैचा ५२१ भागमा पुन समेटिएका हुन्। 'हर्के हल्दार' टिममा पहिलाकाे जस्ताे चलखेल, आफ्ना मान्छेलाई माथि पुर्याउने, कथा र सिरियलकाे मर्म नै मार्ने, खुराफाती साेचका सदस्यहरु नभएकाे र आफ्नाे कला मेहेनतकाे सही मूल्यांकन हुने पक्का भएर फर्केकाे किशोर बताउँछन् ।
परिस्थिति र स्वार्थीहरुकाे चलखेलका कारण छाेडनु परेकाे 'हर्के हल्दार'मा फर्किन पाएकाेमा खुसी भएको बताउँदै रेश्माले अब अझै राम्राे काम गरेर देखाउने वाचा गरिन् । हर्केका प्रमुख पात्र बिष्णु सापकाेटा सुरुकाे बेलाका सदस्यहरु टिममा भित्र्याउन पाउँदा 'हर्के हल्दार'काे प्रस्तुति अझै उच्च काेटीकाे हुनेमा विश्वस्त रहेका छन । हर्केमा 'बाटुली' राेशनी सपकाेटाकाे पनि पुनःप्रवेश भएकाे छ ।
अन्य कलाकारहरुमा सुरेन्द्र के.सी.'मुला साग', विनाेद परियार, सुशिला निराैला 'विमल',शिबहरी बैरागी, ईन्द्र व्दाेङ 'खम्बे' शान्ती बस्नेत, सरु दाहाल, बिन्दा दुलाल, राजेन्द्र गिरी, सागर गिरी लगायतका अभिनयमा प्रवेश पाेखरेलकाे छायाङ्कन, सञ्जय लामाकाे श्रृङ्गार, राजकाे सम्पादन, निर्देशन सहयाेगी भद्र भुजेलकाे रहेकाे हर्केकाे निर्देशन इन्द्र व्दाेङ लामा 'खम्बे' काे रहेकाे छ। हर्के हल्दार कान्तिपुर टेलिभिजनामा हरेक आइतबार राति ९:०० बजे प्रसारण हुँदै आएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया