सिनेमा

डेनीको छोरा रिनजिङको फिल्म ‘स्क्वाड’ कात्तिक २६ मा रिलिज हुँदै

इकागज |
कात्तिक १३, २०७८ शनिबार १३:४८ बजे

मुम्बई - नेपाली मुलका भारतीय बलिउड अभिनेता डेनी डेङजोपाका छोरा रिनजिङ डेङजोपाको डेब्यु फिल्म ‘स्क्वाड’ तिहार लगत्तै रिलिज हुने भएको छ । ओटिटी प्लेटफर्म जि फाइभमा रिलिज हुन लागेको फिल्म नोभेम्बर १२ अर्थात् कात्तिक २६ गते रिलिज हुने भएको हो । 

निलेश सहायको निर्देशन रहेको फिल्ममा रिनजिङ र मालविका राजको मुख्य अभिनय रहेको छ । राष्ट्रभक्तिको विषय समेटिएको फिल्ममा पूजा बत्राको पनि अभिनय रहेको छ । एक्सन विधाको फिल्ममा एक्सनका लागि निर्माण टिमले विदेशी स्टन्ट कोअर्डिनटर प्रयोग गरेको बताइएको छ ।


समाचारअनुसार फिल्म ‘म्याड म्याक्स फुरी’का स्टन्ट कोअर्डिनेटर कायर बेकले यो फिल्मको स्टन्ट डिजाइन गरेका हुन् । छायांकनका लागि भने निर्माण टिमले जेम्स बन्ड सिरिजको ‘क्वान्टम अफ सोलेस’ र ‘क्लास अफ टाइटन्स’का छायाँकारले सहायक छायाँकारको रुपमा काम गरेका छन् । 

डेनीका एक मात्र छोरा रिनजिङ टाइगार श्राफका जिम तथा डान्स पार्टनर हुन् । निर्देशक निलेश महामारीका कारण फिल्म सक्न झन्झट भएको भए पनि कुनै सम्झौता नभएको दाबी गरेका छन् । उनले ‘स्क्वाड’ भारतको एक्सन फिल्ममा कोसेढुंगा हुने पनि दाबी गरेका छन् ।  


Author

थप समाचार
x