सिनेमा

ढाेंगी नायकका कारण फिल्म पनि असफल

इकागज |
कात्तिक १९, २०७८ शुक्रबार ११:३६ बजे

सिनेमाको नायक सम्बन्धमा रहेको परम्परागत धारणामा अहिले क्रमशः परिवर्तन हुँदै गएको र नायक जस्ता लाग्ने पात्रहरु त निर्माण होलान् तर फमुर्लामा आधारित  नायकको भने अब क्रमशः अवसान हुदै गएको छ ।नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले  बुधबार गरेको ‘सिनेमामा नायकत्वको प्रश्न‘ बिषयकल बहसमा चलचित्रकर्मी, मिडियाकर्मी तथा शिक्षाविद्ले उक्त धारणा    व्यक्त गरेका हुन् ।

गुणैगुणले भरिएको परम्परागत नायकको रुप परिवर्तन हुँदै अवगुणले युक्त पनि नायक हुन थालेको अवस्थाबाट अगाडि बढ्दै कुरा उल्लेख गर्दै बहसमा सहभागी शिक्षाविद् रेसु अर्याल ढुङ्गानाले रेखा थापालाई आफूले हिरोको रुपमा देखेको बताइन् । उनमा हिरोको गुण सबै हु्ँदा थप सेक्सी पनि थप गरेको र त्यसले नायकत्वको गुणमा एक तत्व थपेको अर्यालको धारणा थियो ।  


निर्देशक दीपेन्द के खनालले नायक सर्वगुण सम्पन्न भएको पुरुष नै हुनु पर्छ भन्ने आम बुझाई रहेकोमा समयसँगै जाँदा आम मानिसलाई नै हिरो मान्दै आए र अहिले  चलचित्र बनाउँदै गर्दा आफूले  हरेक पात्र हिरो हुने बुझेको र त्यसरी नै प्रस्तुत गर्न थालेको बताए । मिडियाकर्मी तथा निर्देशक संगीता श्रेष्ठले पनि राम्रो लुगा लगाउने निरिह र अबला नायिकालाई बचाउने पात्रलाई नै नायक भन्ने अवधारणामा परिवर्तन आउँदै गरेको बताइन् ।

मिडियामा पनि कुराकानीको लागि बोलाउँदा  पुरुष सेलिब्रेटीलाई प्राथमिकता दिइन्थ्यो, बुझ्दै जाँदा नायकत्वको रुपमा परिवर्तन बताउँदै  आफुले फिल्म बनाउँदा भने मैले मेरो मुख्य पात्रहरु सबैलाई नै नायक बन्न पुगेको कुरा बहसमा बताइन् । 

बाल बालिकाहरुबाट नै नायकहरु प्रति विशिष्ट अवधारण बन्न थाल्छ भन्दै शिक्षाविद् अर्यालले नायकलाई खडा गरेर उसको नायकत्वको लागि जुन कृत्रिम किसिमको वातावरण बनाइन्छ त्यसले बालबालिकाहरुमा  नकारात्मक प्रभाव पार्ने उनको जिकिर थियो ।  

नायक भन्ने वित्तिकै जसको वरिपरि फाइट गीत हिरो हिरोइन भिलेन लभ ट्राजेडी जस्ता घटनाक्रम घटित हुन्छ भन्दै निर्देशक खनालले समाज र बजारका कारण पनि नायकत्वको प्रश्नको उत्तरलाई प्रभावित पारिरहेको हुने तर्क पेश गरे । खनालको विचारमा देशमा पनि हामीले नायक खोजी रहेका छौ जसले चमत्कार गरेर विकास गरेर हामीलाई सुखी र समृद्धि बनाउँछ । तर ढोगी नायकका कारण देश जस्तै फिल्म पनि असफल भएको निष्कर्ष खनालको थियो । 
साहित्यकार तथा चेत्लुङ डट कमका सम्पादक युग पाठकले बहस कार्यक्रम सञ्चालन गरेको थिए ।


Author

थप समाचार
x