सिनेमा

चिसो वर्षलाई ताइपेईमा १ करोड सात लाखको अवार्ड

इकागज |
कात्तिक २२, २०७८ सोमबार १३:५४ बजे

काठमाडौँ - मीन भामले निर्देशन गर्न लागेको फिल्म चिसो वर्षले ताइपेईमा १ करोड सात लाख नगद हात पारेको छ । फिल्मले फिल्म निर्माणका लागि १ करोड सात लाख रकम हात पारेको हो । चिसो वर्षको सुटिंगको तयारीमा रहेका राजेश खत्रीले फिल्मले ताइवानको प्रडक्सन अवार्ड जितेको पुष्टि गरे । फिल्मले २.५ मिलियन ताइवानिज डलर जितेको हो जुन नेपालीमा रुपान्तरण गर्दा १ करोड ७ लाख हुन आउँछ । 

'फिल्म डेढ करोड बराबरको अवार्ड जितेको छ । सुटिंगका लागि केही रकम अपुग जस्तो थियो , अब यो पैसा पाएपछि सजिलो भएको छ', उनले भने । अवार्ड थाप्न मीन भाम यतिबेला ताइवानमै रहेको पनि खत्रीले जानकारी गराए । फिल्मको सुटिंग भने जनवरीदेखि सुरु हुनेछ ।



केही दिनअघि ताइवान पुगेका निर्देशक मीन भाम भने अहिले ताइवानमा क्वारेन्टाइनमा छन् । १४ दिनको क्वारेन्टाइन सकाएर सम्झौतापछि मीन नेपाल फर्कने र सुटिंगको तयारी गर्ने मीनले जानकारी गराएका छन् । फिल्मले हराएका श्रीमान्को खोजीमा भिक्षुसँग यात्रा गर्ने एक गर्भवती महिलाको कथा भन्छ । फिल्ममा तिब्बती वा भारतीय हिरोइन रहने चर्चा छ । बाँकी कलाकार भने नेपालकै हुनेछन् । 

 


Author

थप समाचार
x