‘मनी हाइस्ट’को हिन्दी भर्सन बनाउँदै अब्बास– मस्तान
मुम्बई - ‘मनी हाइस्ट’को अन्तिम शृंखलाको अन्तिम भाग केही समयपछि नै प्रसारण हुँदैछ । दुई भागमा आउने ५ औँ सिजनसँगै यो विश्व प्रसिद्ध स्पेनिस शृंखलाको अन्त्य हुँदैछ । तर यसको प्रभावमा परेर यस्तै शृंखला बन्ने क्रमको भने सुरुवात हुँदैछ ।
बलिउड यो मामलामा सधैंझैँ अगाडि देखिएको छ । बाहिरका हिट फिल्मको कहिले रिमेक अधिकार लिएर त कहिले प्रभावित भएर फिल्म बनाउँदै आएको बलिउडले ‘मनी हाइस्ट’बाट प्रभावित भएर फिल्म बनाउने भएको छ । यसको जिम्मा लिएका छन्, अब्बास–मस्तानले । अब्बास–मस्तानले यही शृंखलाबाट प्रभावित भएर ‘थ्री मंकिज’ शीर्षकको बनाउने भएका छन् ।
यही नोभेम्बरबाट सुटिंग सुरु हुने फिल्ममा निर्देशक अब्बास–मस्तानले ‘मनी हाइस्ट’का सम्पूर्ण चरित्रलाई समेट्ने भने छैनन् । उनले फिल्मका मुख्य तीन चरित्रलाई लिएर फिल्म बनाउन लागेका हुन् । उनले फिल्मको दृश्यको हुबहु नक्कल नगरेर फिल्मका चरित्रको गुण ग्रहण गर्ने बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया