सिनेमा

कंगना रनावतको पद्यश्री फिर्ता लिन माग गर्दै आन्दोलन

इकागज |
कात्तिक २७, २०७८ शनिबार १३:५ बजे

मुम्बई - दिनैपिच्छे बोलीका कारण विवादमा पर्ने कंगना रनावत दुई तीन दिनयता नयाँ विवादमा परेकी छिन् । उनले भारतले असली स्वतन्त्रता नरेन्द्र मोदी सत्तामा आएपछि मात्रै आएको र सन् १९४७ मा पाएको स्वतन्त्रता भिख भएको टिप्पणी गरेपछि आम आदमी पार्टी , शिव सेना र एनसिपीले विरोध गरेका हुन् ।

यति मात्र होइन् एनसिपीका कार्यकर्ताले त कंगनाको घर अगाडि गएर प्रदर्शन गरेका छन् । उनीहरूले कंगनामाथि देशद्रोहको मुद्दा दायर गर्नुपर्ने माग पनि गरेका छन् । योबाहेक धेरैले कंगनाले भर्खरै पाएको पद्यश्री अवार्ड फिर्ता अवार्ड लिनुपर्ने आवाज पनि उठाएका छन् ।


 कंगनाले भने आफू बोलेको कुरामा अडिग रहँदै इन्स्टामा स्पष्टिकरण दिएकी छिन् । उनले सन् १९४७ मा स्वतन्त्रताका लागि कसैले लडेको आफूलाई थाहा नपाएको बताउँदै यदि कसैले यो विषयमा मलाई जानकारी गराए म आफैँ पद्यश्री अवार्ड फिर्ता गर्छु । उनले सन् १९४७ यता देखाउनका लागि मात्र स्वतन्त्रता भएको बताउँदै उनले चेतना र विवेकको स्वतन्त्रता सन् २०१४ यता मात्र पाएको बताएकी हुन् । 


Author

थप समाचार
x