'करोडका लागि हैन फेस्टिभलका लागि सिक्किम गएको'
काठमाडौँ- निर्माता तथा अभिनेता भुवन केसीले सिक्किम सरकारले फिल्मका लागि दिन लागेको अनुदान लिन नभई सिक्किम सरकारले गर्न लागेको फेस्टिभलको बारेमा छलफल गर्न आफू सिक्किम गएको बताएका छन् । उनी सिक्किम पुगेको तस्बिरसहित अनुदान लिन गएको समाचारमा प्रतिक्रिया दिँदै आफू फेस्टिभलबारे छलफल गर्न सिक्किम पुगेको बताएका छन् ।
‘सिक्किमको चलचित्र विकास बोर्डले दिने घोषणा गरेको अनुदान लिन म त्यता गएको आसयका समाचार आएछन् । म त्यो उद्देश्यका लागि गएकै होइन । सिक्किम सरकारले आउँदो महिना फिल्म फेस्टिभल गर्दैछ र त्यसका लागि विभिन्न देशका कलाकार भेला गर्दैछ, म त्यही विषयमा छलफल गर्न गएको हो,’ उनले इकागजसँग भने ।
सिक्किम सरकारले डिसेम्बरको १० देखि १३ तारिखसम्म गान्तोकमा ‘फिल्म फेस्टिभल’सँगै प्रोड्युसर्स मिट’ कार्यक्रमको आयोजना गर्दैछ । भुवन केसीले यही सिलसिलामा आफू छलफलका लागि गएको इकागजसँगको कुराकानीमा बताए ।
सिक्किम सरकारले सिक्किम चलचित्र विकास बोर्डका विभिन्न सर्त पूरा गरे फिल्म निर्माणका लागि १ करोड भारतीय रुपैँयासम्म अनुदान दिने बताएको थियो । यो लगत्तै भुवन केसी, मिलन चाम्स, कल्याण घिमिरे र राजेश घतानी सिक्किममा एक साथ देखिएपछि उनीहरू यही अनुदानका लागि गएको आशंंका गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया