अमेरिकन फिल्म ‘फ्रोस्टबाइट’मा कार्म, अमेरिकनसँगै बलिउडका गुलसन ग्रोबर पनि फिल्ममा
काठमाडौँ -अभिनेता कार्म अमेरिकन फिल्म ‘फ्रोस्टबाइट’मा महत्वपूर्ण भूमिकामा देखिनेभएका छन् । डिज्नेका एनिमेटर किरणभक्त जोशीले अमेरिकन कम्पनी इलेक्ट्रिक ब्रेन इन्टरटेनमेन्टसँग मिलेर निर्माण गर्न लागेको फिल्ममा निर्माण टिमले कार्मलाई महत्वपूर्ण भूमिकामा लागि छनौट गरेको हो ।
फिल्मका लागि चाहिने बाँकी नेपाली कलाकार र सुटिङको चाँजोपाँजो मिलाउन नेपाल आएका किरणले फिल्मका लागि कार्म फाइनल भएको र बाँकी कलाकार खोजिरहेको जानकारी गराए ।
‘कार्मसँग कुरा लगभग फाइनल छ । तर बाँकी नेपाली कलाकार सर्टलिस्ट गरिरहेका छौँ । केही समयपछि नै टुंगो लगाएर पूर्ण जानकारी दिनेछौँ,’ किरणले भने ।
नेपाल र अमेरिकामा सुटिङ हुने फिल्ममा बलिउडबाट गुलसन ग्रोबर पनि पक्का भइसकेको जोशीले जानकारी गराए । योबाहेक भुटानका पनि एक कलाकार फिल्ममा रहनेछन् । कार्मले गुलसन ग्रोबरसँग भने यसअघि नै काम गरिसकेका छन् । ‘दि मेन फ्रम काठमाडौँ’मा कार्मले गुलसन ग्रोबरको सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
थ्रिलर विधाको यो फिल्मले सगरमाथाको हिम पहिरोमा बाँच्न सफल चार अमेरिकन यात्रुको कथा पेस गर्छ । यो फिल्मलाई ‘एक्समेन’ तथा ‘थोर’का लेखक ज्याक स्टेन्जले लेखेका हुन् । लेखनमा उनलाई विल स्टेनबर्गले सघाएका छन् । फिल्मलाई ‘सोफिया वल्र्ड’ निर्देशक क्लार्कले निर्देशन गर्नेछन् ।
इलेक्ट्रिक ब्रेन इन्टरटेनमेन्ट र किरणभक्त जोशीको ‘इनसेसेन्ट रेन’ ले थप दुई फिल्म बनाउने तयारी गरिरहेका छन् । डेडलाइनले ज्याक स्टेन्ज र किरण दुवैलाई उद्धृत गर्दै लेखेको समाचारमा उनीहरूले यतिको कथामा ‘यति मेन’ र काठमाडौँको खडेरी अन्त्य गर्न संघर्ष गर्ने युवतीको कथामा ‘रेनमेकर’ बनाउन लागेको समाचार लेखेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया