अंग्रेजी फिल्म ‘अरेन्जमेन्ट्स अफ लभ’मा सामान्था
बलिउड फिल्ममा डेब्यु गर्ने हल्ला चलिरहेकी दक्षिण भारतीय अभिनेत्री सामान्थाले अमेरिकी फिल्ममा अभिनय गर्ने भएकी छिन् । सामान्था बाफ्टा अवार्ड विजेता निर्देशक फिलिप जोनले निर्देशन गर्न लागेको फिल्म ‘अरेन्जमेन्ट्स अफ लभ’मा सामान्था मुख्य भूमिकामा देखिन लागेकी हुन् ।
फिल्मलाई उनलै अभिनय गरेको फिल्म ‘ओ बेबी’का निर्माताले निर्माण गर्नेछन् । ‘फेमिलीमेन’मा भिलेनको भूमिकामा चौथर्फी प्रशंसा बटुलेकी सामान्थाको केही समयअघि मात्र श्रीमान नागा चैतन्यसँग डिभोर्स भएको थियो । सामान्थाले ‘सुपर डिलक्स’, ‘इगा’, ‘जनता ग्यारेज’ आदि फिल्ममा अभिनय गरेकी थिइन् ।
‘अरेन्जमेन्ट अफ लभ’ यही नामको पुस्तकको अनुवाद हो । यो पुस्तकलाई तिमेरी एन मुरारीले लेखेका हुन् । फिल्ममा सामान्थाले २७ वर्षीय जासुसी कम्पनीको मालिकको भूमिका निर्वाह गर्नेछिन् । सामान्थाले फिलिपको काम पहिलेदेखि पछ्याउँदै आएको बताउँदै उनीसँग काम गर्न उत्साहित रहेको बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया