भोजपुरमा यसरी हुँदैछ नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’को तयारी
काठमाडौँ - लामो समयपछि फिचर फिल्म निर्देशनमा फर्किएका नवीन सुब्बाले ‘गाउँ आएको बाटो’को बनाउने घोषणा गर्दा कलाकारको अभिनयदेखि पर्दामा देखिने साना साना कुराको तयारीमा पनि नेपाली फिल्म चुक्ने गरेको उदाहरण सुनाएका थिए ।
ललितपुरको एक पार्टी प्यालेसमा भएका घोषणा कार्यक्रममा उनले आफैँले आलोचना गरिरहेका कलाकारसँग कसरी नयाँ काम निकाल्ने भन्ने विषयमा पनि काम गरिरहेको बताएका थिए । निर्देशक सुब्बाले थिएटरबाट सिनेमामा गएका कलाकारले सिनेमाको अभिनय नै नबुझेको आरोप लगाउने गरेका थिए ।
यसरी आलोचना गरिरहेकै दयाहाङ राई र पशुपति राई जस्ता कलाकारले लिएर निर्देशक सुब्बाले फिल्म बनाइरहेका छन् । तर सुब्बाले उनीहरूबाटै कसरी अलग काम निकाल्न सकिन्छ भनेर निरन्तर काम गरिरहेको र छायाँकनस्थलमा पुगेर पनि केही दिन कार्यशाला गर्ने बताएका थिए ।
नभन्दै छायाँकनस्थलमा पनि भइरहेका तयारीका फोटो सामाजिक सञ्जालमा आएका छन् । फिल्मका कास्टिङ निर्देशक केदार श्रेष्ठले छायाँकनअघि भइरहेका तयारी बुझाउने दृश्य सार्वजनिक गरेका छन् । उनले स्टोरीवल्र्डलाई दृश्यमा रुपान्तरण गरिरहेको भन्दै कार्यशालाका तस्बिर राखेका छन् ।
तस्बिरमा निर्देशक नविन सुब्बादेखि अमेरिकन छायाँकारसम्मले भोलि दृश्यमा आउने चित्रको प्रारुप देखाएका छन् । ‘गुडबाई काठमाडौँ’पछि निर्देशनमा फर्किएका नविन सुब्बाले फिल्ममा बाबु छोराको सम्बन्धको कथा प्रस्तुत गर्नेछन् । फिल्ममा दयाहाङ राई बुबाको भूमिकामा देखिनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया