‘लाखे’ ले छान्यो एक सह–अभिनेत्रीसहित दस कलाकार
काठमाडौंँ - फिल्म ‘लाखे’ का लागि १० कलाकार छनौट भएका छन् । निर्माण युनिटले हालै थापागाउँस्थित कान्तिपुर फिल्म कलेजमा एक अडिसन गर्दै फिल्मका लागि एक सह–अभिनेत्री, एक बालकलाकारसहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो । फिल्मका निर्देशक सम्राट बस्नेत हुन् ।
‘फिल्मको पात्रअनुसार अहिले अडिसन दिने मध्यबाट १० कलाकार छानिएका छन्’ निर्देशक बस्नेतले भने ‘थप छानिने कलाकारको सूची फिल्मको आधिकारिक फेसबुक पेज तथा इन्स्टाग्राममार्फत सार्वजनिक गरिनेछ ।’
फिल्मका लागि अडिसनमार्फत पहिलो चरणमा सह– नायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी रहेका छन् । २०० बढी व्यक्तिले फिल्मका लागि अडिसन दिएको कार्यकारी निर्माता हरि मल्ल ठकुरी कार्यकारीले बताए ।
सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकारको अभिनय रहने फिल्मका लागि मुख्य अभिनेत्री भने छनौट हुन बाँकी रहेको छ ।
ठूलो बजेटमा निर्माण हुने बताइएको फिल्मको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा विषयवस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले फिल्मको नाम लागेको जुर्याइएको हो’ निर्देशक बस्नेते भने । दीलिप पन्त प्रोडक्सन डिजाइनर रहेको फिल्मको छायांकन पुसको दोस्रो साताबाट सुरु हुनेछ ।
ग्लोवल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया