विकी र कट्रिनाको विवाहको सुरक्षा सलमानका बडीगार्डको काँधमा
मुम्बई - बलिउड अभिनेता विकी कौसल र अभिनेत्री कट्रिना कैफको विवाह समारोह भोलि मंगलबारबाट सुरु हुँदैछ । राजस्थानको एक होटलमा तीन दिनसम्म चल्ने समारोहको तयारीलाई लिएर थरिथरिका जानकारी आइरहेका छन् ।
यसमा विकी र कट्रिनाले ककसलाई बोलाए र बोलाएनन् भन्नेदेखि उनीहरूले कस्ता कस्ता लुगा लगाउँदैछन् र विवाहमा के के गर्दैछन् भन्नेसम्मका जानकारी छन् । यहीँ विवाह समारोहमा अनिच्छित आगन्तुकले दुःख नदिऊन् भन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको समाचार आएका छन् र यसका लागि राजस्थानको राज्य सरकारले पनि बेग्लै प्रहरी फौज खटाएका समाचार आएका छन् ।
तर, यतिले नपुगेर विकी र कट्रिनाले निजि सुरक्षाकर्मी पनि तैनाथ गरेका छन् जसले विवाह समारोहको सुरक्षा गर्छन् । तर, रोचक कुरा के भने यसको जिम्मेवारी पाएका छन्, शेरा सिंहले । यी शेरा सिंह तिनै व्यक्ति हुन् जसले सलमानको बडीगार्डको काम गर्छन् ।
उनले भिआइपीको आवाजजावत हुने ठाउँको सुरक्षा व्यवस्था हेर्छन् । शेराले सलमान खानको बडीगार्ड हुनुका अलावा आफ्नो बेग्लै सुरक्षा कम्पनी पनि चलाउँछन् । सिक्स सेन्स नामको यो सुरक्षा कम्पनीलाई नै विकी र कट्रिनाले भीआईपी आवत जावत हुने ठाउँको सुरक्षा जिम्मा सौँपिएका हुन् ।
सबैले थाहा पाएको रोचक कुरा के हो भने कट्रिनाको पहिलो ब्वाइफ्रेन्ड नै सलमान हुन् । उनकै सहारामा कट्रिनाले बलिउडमा लामो यात्रा तय गरेकी हुन् ।
यसरी शेराले आफ्नो मालिकको पूर्व प्रेमिकाको घर बसाउने कुरामा योगदान गर्नेछन् ।
तर बजारमा चर्चा के छ भने शेरा सलमानकै सल्लाहमा कट्रिनाको विवाह सफल बनाउन तयार भएका हुन् । बलिउडमा सलमानको दयालु चरित्रको चर्चा हुनेगर्छ । अब शेरालाई पूर्व प्रेमिकाको विवाह सम्पन्न गराउन पठाएपछि सलमान साँच्चै दयालु हुन् भन्न योभन्दा ठूलो प्रमाण के चाहिएला ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया