सिनेमा

अरबमा फेरि रोकियो स्टिभन स्पिलबर्गको ‘वेस्ट साइड स्टोरी’

इकागज |
मंसिर २१, २०७८ मंगलबार १४:३३ बजे

अरब-  मध्यपूर्वका दर्शकले स्टिभन स्पिलबर्गको ‘वेस्ट साइड स्टोरी’ हेर्न नपाउने भएका छन् । अरब देशले फिल्ममा फिल्मका थुप्रै दृश्यमा सेन्सरको कैंची चलाउने अडान राखेपछि यो फिल्म अरबियन देशमा नचल्ने भएको हो ।

अरबको सेन्सर बोर्डले भने बमोजिम दृश्य काँटछाँट गर्न निर्देशक स्पिलबर्ग तयार नभएपछि फिल्म साउदी अरेबिया, युएई, कतार, बहराइन, ओमान र कुवेतमा नचल्ने भएको हो । 


अरब देशले यौनिक अल्पसंख्यक, भद्दा भाषा र सांस्कृति विचलन ल्याउने ठानिएका फिल्मलाई सेन्सरमा रोक्दै आएका छन् । यसअघि मार्भलको ‘इटर्नल्स’लाई पनि अरबको सेन्सर बोर्डले समलिंगीका दृश्य राखेको भन्दै प्रदर्शन अनुमति दिन मानेको थिए । सेन्सरले त्यस्ता दृश्य काटेर देखाउनुपर्ने र यता वितरक नमानेपछि यो फिल्म अरबमा प्रदर्शन नै भएन ।

‘वेस्ट साइड स्टोरी’ मा पनि समलिंगीको कथा रहेको र यसैले त्यहाँको अनुदार सेन्सरलाई चित्त नबुझेको समाचारमा बताइएको छ । यो फिल्म आउँदो शुक्रबारबाट बाँकी देशमा प्रदर्शन हुँदैछ । पहिलो बनेको ६० वर्षपछि यसको रिमेक बनेको हो । म्युजिकल जन्रमा बनेको फिल्ममा राचेज जगलर र एनसेल एलगोर्टको मुख्य भूमिका रहेको छ । 


Author

थप समाचार
x