ज्याकलिनलाई दिल्ली प्रहरीका ५० प्रश्न
मुम्बई -अवैध धन वैध बनाउने कुराको साक्षी बसेको भन्दै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले फेरि सोधपुछ गर्ने भएको छ । केही दिनअघि मुम्बईबाट बाहिर जान लागेकी ज्याकलिनलाई इडीले विमानस्थलमा नै रोकेर सोधपुछ गरेको थियो । एक डेढघन्टाको केरकारपछि ज्याकलिनलाई छाडिएको थियो । तर सोमबार फेरि इडीले उनलाई सोधपुछका लागि निम्त्याएको जनाएको छ ।
ज्याकलिनको नाम जालसाजीका उस्ताद सुकेश चन्द्रशेखरसँग जोडिँदै आएको थियो । यही सुकेशलाई सम्पत्ति वैध बनाउन मद्दत गरेको भन्दै प्रहरीले ज्याकलिनमाथि अनुसन्धान अगाडि बढाएको हो । यसअघि पनि प्रहरीले ज्याकलिनको बयान लिइसकेको छ । पहिले दिएका बयानमा सुकेशसँग सामान्य चिनजान मात्र रहेको ज्याकलिनले बताएकी थिइन् । तर, उनले सुदेशसँग गहिरो सम्बन्ध नरहेको दाबी गरिरहेकै बेला ज्याकलिनले सुकेशलाई चुम्बन गर्दै गरेको फोटो सार्वजनिक भएको थियो ।
बुधबार दिल्लीमा हुने सवाल जवाफमा ज्याकलिनले इडीले उत्तर नपाएका ५० प्रश्नको जवाफ दिनुपर्ने बताइएको छ । यसमा उनको सुकेशसँगको सम्बन्धदेखि पैसाको कारोबारसम्मका कुरा समेटिएको पनि समाचारहरूमा उल्लेख छ । सुकेशले २ सय करोड रुपैँया अपचलन गरेको प्रहरीको आरोप छ । सुकेशले बेंगलोर र चेन्नाईका मान्छेलाई ठगेर त्यतिका विधि रकम जम्मा गरेको प्रहरीको आरोप छ । प्रहरीले ज्याकलिनसँगै नोरा फतेहीलाई पनि अनुसन्धानको दायरामा राखेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया