सिनेमा

सन् २०२१ मा सर्वाधिक ट्वीट भएका ५ दक्षिण भारतीय फिल्म

इकागज |
मंसिर २३, २०७८ बिहीबार १२:५२ बजे

मुम्बई - युट्यबु र फेसबुकपछि ट्वीटर फिल्म प्रमोसनको महत्वपूर्ण माध्यम बन्ने गरेको छ । फेसबुकमा जुन महत्वका साथ फिल्मका ट्रेलर वा पोस्टर राखिन्छन्, ट्वीटर पनि यो मामलामा कम छैन । सन् २०२१ मा विजय र महेशबाबुको दबदबा रह्यो तर यसमा महेशबाबुकै फिल्म भने प्रदर्शन भएन । तर महामारीकै बीचमा रिलिज भएको विजयको ‘मास्टर’ले भने बक्स अफिसमा तहल्का मच्चाएको थियो । 

सन् २०२१मा रिलिज भएका फिल्म जसको चर्चा ट्वीटरमा अत्यधिक भएको थियो । सूचीमा परेका ५ फिल्म सन् २०२१ को जनवरीदेखि नोभेम्बर १५ सम्म गरिएका ट्वीटका आधारमा छानिएको थियो ।


१. मास्टर 
महामारीअघि रिलिज हुन ठिक्क परेको फिल्म महामारीका कारण रोकिएको थियो । पहिलो चरणको महामारीको समयमा ५० प्रतिशत अकुपेन्सीका बीच रिलिज भएको फिल्म हेर्न हलमा मानव सागर नै उर्लिएको थियो । यति मात्र होइन फिल्मको ट्वीटरमा पनि उत्तिकै हल्लाखल्ला भएको थियो । विजय र विजय सेतुपतिको मुख्य भूमिका रहेको फिल्म हलमा रिलिज भए लगत्तै ओटीटीमा पनि रिलिज भएको थियो र जहाँ पनि यसले दर्शकको उत्साहजनक साथ पाएको थियो । 
२.भालिमाई 
अजितको मुख्य भूमिका रहेको यो फिल्म सार्वजनिक प्रदर्शनमा आएको छैन । तर, यो फिल्मले यो वर्ष ट्वीट हुने फिल्मको दोस्रो स्थान ओगटेको छ । बोनी कपुर निर्माता रहेको फिल्मको हिन्दी रिमेक पनि बन्ने चर्चा छ ।
३.बिस्ट 
यो फिल्म पनि सार्वजनिक प्रदर्शन भइसकेको छैन तर फस्टलुक सार्वजनिक भएसँगै विजयका फ्यान यो फिल्मको चर्चामा जुटेका छन् । उनीहरूको ट्वीटरमा देखिएको चासोले यो फिल्मलाई सर्वाधिक ट्वीट हुने फिल्मको सूचीमा तेस्रो स्थानमा समेटेको छ । 
४. जय भिम
केही समय पहिले अमेजन प्राइममा रिलिज भएको यो फिल्मले भने रिलिजपछि अत्यधिक चर्चा पाएको हो । सूर्या अभीनित यो फिल्म जस्टिस चन्दु्र नामक न्यायाधिशको जीवनीमा आधारित थियो । जातीय छुवाछुतको मुद्दालाई मिहिन गरी प्रस्तुत गर्ने फिल्म ट्वीटरमा खुब छाएको थियो ।
५.वकिलसाब
अमिताभ बच्चन, तापसी पन्नू अभीनित ‘पिंक’ फिल्मको रिमेक यो फिल्मले चर्चामा हिन्दी फिल्मलाई पनि अछिनेको छ । फिल्ममा पवन कल्यानले अमिताभ बच्चनले निर्वाह गरेको वकिलको भूमिका निर्वाह गरेका छन् । 


Author

थप समाचार
x