माग्ने बूढाको ‘उकुस मुकुस’लाई दर्शकको माया
काठमाडौँ- दर्शकले युट्युबमा विशेषगरि, हास्य सिरियलहरुलाई निक्कै रुचाएका छन् । यसैले पनि युट्युबको ट्रेन्डिङमा हास्य सिरियलहरुकै वर्चस्व देखिन्छ ।
विगत १० भागदेखि प्रसारण भैरहेको कमेडी सिरियल ‘उकुस मुकुस’लाई पनि दर्शकले रुचाएको यसको निर्माणपक्षले बताएको छ । सार्वजनिक १० भागमध्ये ४ वटा भाग नेपालको युट्युब ट्रेन्डिङमा परेका छन् ।
यो सिरियलमा दिलिप तामाङ ‘हुरहुर’, वेदना राई, देवी आले, प्रकाश लिम्बू, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश वुढामगर, दिपक लम्साल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय छ ।
यो सिरियलमा पटकथा तथा संवाद केदार प्रसाद घिमिरे र दिलिप तामाङको छ । यस्तै, लेखन सुपरिवेक्षणको रुपमा केदार प्रसाद घिमिरेले काम गरेका छन् ।
लोकचन्द्र थापाको छायांकन रहेको यो सिरियलमा सुविन दाहालको सम्पादन, नहकुल भट्टराइको लगानी, दिलिप तामाङ र सितादेवी तिमिल्सेनाको निर्देशन रहेको छ ।
आफूहरुले सिरियलमा गाउँघरका बिषयवस्तुलाई उठान गरेकाले पनि दर्शकले रुचाएको निर्माता नहकुल भट्टराइले जानकारी दिए । ‘उकुस मुकुस’को पछिल्लो भाग नेपालको युट्युब ट्रेन्डिङको नवौं नम्बरमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया