अल्लु अर्जुन र ‘स्पाइडरमेन’ का कारण दुई हप्ता पछि सर्यो ‘चपली हाइट ३’
काठमाडौं - हिन्दी फिल्मका वितरकसँग खनिँदै आएका निर्माता अर्जुनकुमारले अन्तत ः ‘चपली हाइट ३’को प्रदर्शन मिति दुई हप्तापछि सारेका छन् । पुस २ गते सार्वजनिक गर्ने भनेर अन्तिम समयसम्म प्रचारप्रसार गरिरहेका अर्जुन कुमारले ५ दिनअघि प्रदर्शन मिति फेरिएको जानकारी दिएका हुन् ।
सोमबार साँझ विज्ञप्ति जारी गर्दै निर्माता अर्जुनकुमारले दर्शकसँग माफी माग्दै प्रदर्शन मिति फेरिएको बताएका हुन् । विज्ञप्तिमा भने उनले कसैलाई आरोप लगाएका छैनन् । अब यो फिल्म पुस १५ मा प्रदर्शन हुनेछ ।
तर तेलगु फिल्म ‘पुष्पा’ पुस २ मा आउने भएपछि अर्जुनकुमार वितरकसँग रिसाएका थिए । उनले दक्षिण भारतका फिल्म हिन्दीमा डब गरेर नेपाल ल्याउने नेपाली फिल्मको दुश्मन रहेको आरोप लगाएका थिए ।
‘चपली हाइट ३’लाई ‘पुष्पा’को मात्र हैन ‘स्पाइडरमेन’को समेत चुनौती थपिएको थियो । थ्रीडी र टुडी दुवै भर्सनमा उपलब्ध फिल्मको बुकिङ जबर्जस्त रहेको छ । आउँदो शुक्रबार रिलिज हुने फिल्मको बुकिङ केही मल्टिप्लेक्स चेनले सोमबार नै खोलेका थिए जसमा दर्शकको चासो उच्च देखिएको छ ।
मल्टिप्लेक्स चेन क्युएफएक्समा मात्र यसले ५६ सो पाएको छ र काठमाडौँमा सबै चेनमा यो फिल्मको बुकिङ ५० प्रतिशत माथि छ । यो मल्टिप्लेक्सले ‘पुष्पा’को भने बुकिङ खुल्ला गरेको छैन । ‘चपली हाइट ३’ मा महेश त्रिपाठी, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया