सिनेमा

आलियाको ‘गंगुबाई कठैयाबाडी’ बर्लिनमा प्रिमियर हुने

इकागज |
पुस १, २०७८ बिहीबार १५:८ बजे

मुम्बई -  सञ्जयलीला भन्सालीको महत्वाकांक्षी फिल्म ‘गंगुबाई कठैयाबाडी’ बर्लिनमा प्रिमियर हुने भएको छ । आउँदो वर्षको फ्रेब्रुअरी १० देखि २० सम्म चल्ने फेस्टिभलमा यो फिल्म पहिलोपल्ट देखाइन लागेको हो । बुधवार एक सूचना जारी गर्दै फेस्टिभल आयोजकले बर्लिनाले स्पेसल गाला सेक्सन अन्तर्गत छानिएका ४ फिल्ममध्ये एक ‘गंगुबाई कठैयाबाडी’ परेको जानकारी गराएको हो । 

मुम्बईमा बेश्यालय चलाउने ‘गंगुबाई’को जीवनकथामा आधारित फिल्म हुसेन जैदीको पुस्तक ‘क्विन्स अफ माफिया’मा आधारित रहेर बनाइएको हो । 
फिल्ममा आलिया भट्टले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । आलियाकै मुख्य भूमिका रहेको ‘गली ब्वाई’ पनि बर्लिनमा देखाइएको थियो । ‘गंगुबाई कठैयाबाडी’मा अजय देवगन पनि महत्वपूर्ण भूमिकामा रहेका छन् । 


जनवरी ६ मा सार्वजनिक प्रदर्शन हुने घोषणा गरेको फिल्म तमिल फिल्म ‘आरआरआर’सँग जुध्ने भएपछि सरेर फ्रेब्रुअरी १८ मा पुगेको छ । यो फिल्ममा पनि अजय देवगन र आलियाले अभिनय गरेका छन् । 


Author

थप समाचार
x