सिनेमा

‘राधा’ बनेकी सन्नी लियोनी हटाउन मथुराका पूजारीको माग

इकागज |
पुस १०, २०७८ शनिबार १४:१४ बजे

मुम्बई - दुई दिनअघि सार्वजनिक भएको सन्नी लियोनी गीत युट्युबबाट हटाउन मथुराका पूजारीले दबाब दिएका छन् । सन्नी लियोनी नाचेको ‘मधुवन’बोलको गीतले धार्मिक आस्थामा आँच पुर्याएको भन्दै मथुराका पूजारीहरूले म्युजिक कम्पनी तथा गायिकालाई दबाब दिएका हुन् । गीतमा सन्नीले उत्तेजक नृत्य गरेको उनीहरूको आरोप छ । 
यो गीत सन् १९६० मा प्रदर्शन भएको फिल्म ‘कोहिनूर’मा समावेश थियो । मोहम्मद रफीले गाएको गीतलाई यतिबेला भने कनिका कपुरलाई फिमेल भर्सनमा गाएकी हुन् । पूजारीहरूले गीत सार्वजनिक प्लेटफर्मबाट नहटाए अदालत जाने चेतावनी दिएका छन् ।

‘ यदि सरकारले यो गीतविरुद्ध कारबाही नगरे हामी अदालत जान्छौँ । त्यति मात्र होइन हामी कलाकार र एल्बमलाई पनि निषेध गर्छौँ,’ पीटीआईलाई उद्धृत गर्दै लेखिएको समाचारमा भनिएको छ ।


सन्नीले गीत प्लेटफर्मबाट निकाल्नुपर्ने र माफी माग्नुपर्ने पनि उनीहरू सर्त छ । ‘अन्यथा हामी सन्नीलाई भारतमा नै बस्न दिन्नौँ ,’पूजारी नवल गिरी महाराजा बृन्दावनले भनेका छन् । राधा र बृजको छविलाई धुमिल पार्ने गरी सन्नीले नृत्य गरेका भन्दै अखिल भारतीय तीर्थ पुरोहित महासभाका अध्यक्ष महेश पाठकले पनि गीत हटाउनु पर्ने माग गरेका छन् । 


Author

थप समाचार
x