सिनेमा

‘स्पाइडर मेन’ बन्यो सोनीको इतिहासमै बढी कमाउने फिल्म

इकागज |
पुस ११, २०७८ आइतबार १३:५ बजे

लसएन्जल्स- ‘स्पाइडर मेन : नो वे होम’ले बक्स अफिसमा आश्चर्यजनक कमाइ गरिरहेको छ । दुई हप्ताअघि रिलिज भएको फिल्मको कमाइले अमेरिकामा भने बेग्लै रेकर्ड कायम गरेको छ । क्रिसमस इभको दिनमा मात्र १९.७ मिलियन कमाइ गर्दै फिल्मले सोनीले बनाएका फिल्ममध्ये अमेरिकाबाट सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गरेको हो । शुक्रबारसम्मको आँकडा हेर्दा फिल्मले अमेरिकामा मात्र ४०५.५ मिलियन कमाएको छ जुन रेकर्ड हो ।

 यसअघि यो रेकर्ड सन् २०१७ मा रिलिज भएको ‘जुमान्जी : वेलकम टु जंगल’ को नाममा थियो । यो फिल्मले ४०५ मिलियन डलर कमाइ गरेको थियो । 
‘स्पाइडर मेन : नो वे होम’ले भने विश्वभरबाट १ बिलियन कमाइ गर्ने अनुमान गरिएको छ । रिलिज भएको छोटो अवधिमा यो आँकडा छुनेमा पनि यो फिल्म अगाडि रहेको छ । 


पहिला रिलिज फिल्ममध्ये ‘एभेन्जर एन्ड गेम’ले ५ दिनमा १ बिलियन कमाइ गरेको थियो भने यसको पूर्ववर्ती ‘एभेन्जर इनफिनिटी वार’ले ११ दिनमा यत्तिको कमाइ गरेको थियो । ‘स्टार्स वार’को नयाँ शृंखलाले यही उपलब्धि १२ दिनमा हासिल गर्दा ‘स्पाइडर मेन : नो वे होम’ले भने ११ दिनमै यत्तिको कमाइ गरेको हो । तर बाँकी फिल्मभन्दा यसको आम्दानी चाँडो हो किनकि विश्वभर नै यो फिल्म ५० प्रतिशत अकुपेन्सीका बीच चलिरहेको छ । 


Author

थप समाचार
x