सलमान खानलाई सर्पले टोक्यो, कस्ताे छ अवस्था ?
एजेन्सी - वलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ ।
आइतबार बिहान पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेको हो । सर्पले टोकेपछि उनलाई अस्पताल लगिएको थियो ।
उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ । उपचारपछि उनी आइतबार विहानै डिस्चार्ज गरिएको थियो । खान अहिले घरमै आराम गरिरहेका छन् ।
सलमानको फार्म हाउस ठूलो छ । फार्म हाउसमा बोटबिरुवा र झाडी छन् । त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवारसमेत छन् ।
उनको भोली अर्थात २७ डिसेम्बरमा जन्म दिन हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया