सिनेमा

फेरि सर्यो ‘चपली हाइट ३’, पुस १५ को साटो पुस ३० मा प्रदर्शन हुने

इकागज |
पुस ११, २०७८ आइतबार १६:४३ बजे

काठमाडौँ - महामारीका कारण पहिलो पटक सरेको फिल्म फेरि एक पटक सरेको छ । यो फिल्म महामारीअघि २०६६ सालको चैत अन्तिममा रिलिज हुने तयारीमा थियो । तर सरकारले चैत ११ देखि नै लकडाउन घोषणा गरेपछि यो फिल्म रोकिएको थियो । 

यसको दुई वर्षपछि पुस २ लाई प्रदर्शन मिति तोक्दै यो फिल्म मैदानमा आएको थियो । तर यही मितिमा अंग्रेजी र तेलगु फिल्मले हलका पर्दा ओगट्ने लक्षण देखिएपछि निर्माता अर्जुनकुमारले यो फिल्म सारेर पुस १५ मा पुर्याएका थिए । अंग्रेजी र हिन्दी फिल्मले फेरि पनि पर्दा नछाड्ने संकेत देखाएपछि निर्माता अर्जुनकुमारले फेरि यो फिल्म सारेर पुस ३० मा पुर्याएका छन् । 


हलमा अहिले विदेशी फिल्मको कब्जा छ । हलमा दुई हप्तादेखि ‘स्पाइडर मेन’ र ‘पुष्पा’ हाउसफुल दर्शकका साथ चलिरहेका छन् भने गत शुक्रबारबाट बलिउड फिल्म ‘अतरंगी रे’ र हलिउड फिल्म ‘म्याट्रिक्स रिसरेक्सन’ थपिएका छन् । आउँदो हप्ता थप दुई अंग्रेजी फिल्म र एक बलिउड फिल्म हलमा थपिनेछ । ‘चपली हाइट’ लाग्ने भोलिपल्ट ‘गोस्टबस्टरर्स :आफ्टरलाइफ’ र ‘दि किंग्समेन’ नेपालका हलमा आउँदैछन् ।

यही मितिमा नेपाली फिल्म ‘कठपुतली’ र ‘जर्सी’ पनि प्रदर्शन हुँदैछन् । कुल गरेर ९फिल्मलाई पर्दा बाँड्दा फेरि पनि पर्याप्त सो नपाइने भएपछि वितरकसँगको सल्लाहमा फिल्म दुई हप्ता पछि सारिएको निर्देशक निकेश खड्काले जनाएका छन् । थ्रिलर विधाको यो फिल्ममा स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । 


Author

थप समाचार
x