भारतको पहिलो सुपरस्टार माथि फिल्म
मुम्बई - सन् १९६० देखि १९७० को दशकमा एकसेएक हिट फिल्म दिएर भारतको पहिलो सुपरस्टार पदवी पाउन सफल राजेश खन्नाको जीवनीमाथि फिल्म बन्ने भएको छ । फिल्म निर्माता निखिल द्धिवेदीले यो फिल्म निर्माण गर्न लागेका हुन् ।
फिल्म चिन्तामणि लिखित पुस्तक ‘डार्क स्टार : दि लोन्लीनेस अफ बिइङ राजेश खन्ना’मा आधारित रहनेछ । फिल्मलाई फराह खानले निर्देशन गर्नेछिन् जसले यसअघि ‘ओम शान्ति ओम’, ‘मैं हुँ ना’जस्ता फिल्म निर्देशन गरेकी छिन् ।
अहिले फिल्मको पटकथामा काम भइरहेको र यसलाई फराह र चिन्तामणि मिलेर लेखिरहेको बताइएको छ । जतिन खन्नाको रुपमा अमृतसरमा जन्मिएका राजेश खन्नाले ‘आखिरी रात’ फिल्मबाट सन् १९६६ मा डेब्यु गरेका थिए । उनले सन् १९६९ देखि १९७४को बीचमा एकपछिअर्को गर्दै १५ हिट फिल्म दिएका थिए र सुपरस्टारको पदवी पाएका थिए ।
राजेश खन्नाको स्टारडम सन् १९६९ मा रिलिज भएका दुई फिल्मको सफलतासँगै सुरु भएको थियो । यो साल उनका ‘आराधना’ र ‘दो रास्ते’ गरी दुई फिल्म रिलिज भएका थिए जुन अत्यधिक सफल भएका थिए ।
यसपछि ‘हात्ती मेरे साथी’, ‘सफर’, ‘कटी पतंग’, ‘सच्चा झुटा’ आदि फिल्ममा अभिनय गरेका थिए ।सन् १९७१ मा उनले ऋषिकेश मुखर्जीको ‘आनन्द’मा काम गरे जसले उनी हल्काफुल्का कलाकार होइन भन्ने प्रमाणित भएको थियो । तर कालान्तरमा यही फिल्ममा खन्नाका कोस्टार रहेका अमिताभ बच्चनले उनलाई प्रतिस्थापन गरेको विश्लेषण गरिन्छ ।
पछिल्ला दिनमा बि ग्रेडका फिल्ममा पनि काम गर्न बाध्य भएका राजेश खन्ना राजनीतिमा पनि लागेर सांसद पनि भए । जवानीका दिनमा लाखौँ फ्यानले छोपिने खन्ना तर अन्तिम अवस्थामा भने एक्लै मुत्युवरण गर्न बाध्य भएका थिए । आफूभन्दा १७ वर्ष कान्छी डिम्पल कपाडियासँग विवाह गरेका उनको विवाह सफल भएको थिएन । कपाडिया दुई छोरीलाई लिएर बेग्लै बसेकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया