सिनेमा

‘आरआरआर’ किन हर हालतमा रिलिज गर्न चाहान्छन् राजामौली ?

इकागज |
पुस १५, २०७८ बिहीबार १२:४५ बजे

मुम्बई - भोलिबाट रिलिज हुने साहिद कपुर र मुर्नाल अभीनित ‘जर्सी’ ओम्रिकोन संक्रमितको संख्या बढ्दै गएको कारण देखाउँदै सर्यो । जबकि भारत सरकारले यही कारण देशैभर हल बन्द गरिहाल्ने निर्णय गरिहालेको छैन ।

दिल्ली सरकारले हल बन्द गर्ने निर्णय गरेको छ तर बाँकी राज्यले त्यस्तो कुनै कदम चालेका छैनन् । ‘जर्सी’ सरेपछि ‘आरआरआर’ पनि सर्छ कि भन्ने अनुमान चलेका थिए तर निर्देशक एसएस राजामौलीले फिल्म नसर्ने जवाफ दिएका छन् । ४ सय करोड हाराहारी बजेजको फिल्म आखिर किन सार्न चाहान्नन् त राजामौली ? 


समाचारअनुसार एसएस राजामौलीले फिल्म सार्न नचाहनुमा दुइटा कारण अगाडि आएका छन् । पहिलो कारण त फिल्मको प्रचारप्रसार भइसकेको छ र फिल्म हेर्नलाई उत्साहित दर्शकको जमातलाई राजामौली निराश पार्न चाहान्नन् ।

अर्को कारण चाहिँ उनले यो फिल्मको अघिपछि फिल्म रिलिज नगर्न तेलगुका धेरै निर्मातालाई मनाएका छन् । उनको आग्रह मान्दै तेलगुका निर्माताले प्रदर्शनका लागि तयार भएका फिल्म पनि थन्क्याएर राखेका छन् ।

फेरि सर्दा ती निर्मातालाई उसैगरी मनाउन गाह्रो हुने र प्रशस्त हल नपाउने कारण पनि राजामौलीले सरकारले हल पूर्णतया बन्द गर्ने निर्णय नगरुन्जेलसम्म फिल्म नसार्ने निर्णय गरेका हुन् । रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको फिल्ममा अजय देवगन र आलिया भट्ट अतिथि भूमिकामा छन् । 


Author

थप समाचार
x