सिनेमा

ड्वायन जोन्सनले ‘फास्ट एन्ड फ्युरियस’को दसौँ शृंखला नगर्ने

इकागज |
पुस १६, २०७८ शुक्रबार ११:२८ बजे

लसएन्जल्स- ड्वायन जोन्सन ‘दि रक’ ले ‘फास्ट एन्ड फ्युरियस’को दसौँ शृंखलामा आफू नरहने बताएका छन् । फिल्मका अर्का अभिनेता भिन डिजेलले सार्वजनिक रुपमै शृंखलामा फर्कन गरेको आग्रहमा ढिलो गरी प्रतिक्रिया जनाउँदै ‘दि रक’ले आफू आफ्नो वचनमा प्रतिबद्ध रहेको बताएका छन् । केही महिना अघि डिजेलले इन्स्टा पोस्टमा रकलाई फिल्मको दसौँ शृंखलामा लुकास हब्सको रुपमा फर्कन आह्वान गरेका थिए ।

उनले फिल्मलाई आफ्नो शुभकामना रहे पनि आफू दोहोर्याएर नफर्कने बताएका छन् । हालै सिएनएनसँग कुरा गर्दै उनले भनेका छन्, ‘मैले डिजेललाई पनि भनिसकेको छु । म आफ्नो बोलीमा कटिबद्ध छु । म बाँकी कलाकार र फिल्मको पनि सफलताको कामना गर्दछु तर म फर्कन कुनै सम्भावना छैन ।’


रकको थप भनेका छन्, ‘भिन डिजेलको ताजा पोस्ट पनि उनको चलाखीको उदाहरण हो । उनले यो पोस्टमा बच्चालाई ढाल बनाउन कुनै जरुरी थिएन । न त पल वाकरको मृत्युलाई बनाउन थियो । यो विषयमा हामीले केही समय पहिले नै कुरा गरिसकेका थियौँ ।’ डिजलको इन्स्टा पोस्टमा सिरिजकै फ्यानले पनि दुःखेसो गरेका थिए । उनीहरूले डिजेलले नचाहिँदो काम गरिरहेको प्रतिक्रिया दिएका थिए ।


Author

थप समाचार
x