सिनेमा

अन्ततः ‘आरआरआर’ पनि प्रदर्शन रोकियो

इकागज |
पुस १७, २०७८ शनिबार १५:४३ बजे

मुम्बई - भारतमा ओम्रिकोन भाइरसका संक्रमित बढ्न थालेसँगै रिलिजका लागि तयार भएका फिल्म भकाभक सर्न थालेका छन् । केही दिनअघि मात्र ‘जर्सी’ले प्रदर्शन मिति रोकेपछि यसपछि रिलिजको लाइनमा रहेको ‘आरआरआर’ले के गर्ला भन्ने कौतुहल थियो ।

केही दिनअघि निर्माता÷निर्देशक एसएस राजामौलीले फिल्म नसार्ने बताएका थिए । तर स्वास्थ्यकर्मीले फेब्रुअरीमा भाइरस उचाइमा पुग्ने र जनवरीदेखि नै संक्रमण तीव्र रुपमा फैलने बताए पछि सरकारले सार्वजनिक स्थानलाई कस्दै लगेको छ । यसैबीचमा दिल्ली सरकारले सिनेमा हल बन्द गर्ने निर्णय नै गरिसकेको छ । यसैगरी शुक्रबार नै तमिलनाडु सरकारले पनि ५० प्रतिशत अकुपेन्सीमा मात्र फिल्म देखाउने नियम लागू गरेको छ ।


यी सब घटनाक्रम विकास भइरहँदा ‘आरआरआर’ पनि सर्ने मनस्थितिमा पुगेको र बेलुकीसम्म औपचारिक रुपमा निर्माताले घोषणा गर्ने बलिउड हंगामाले समाचार लेखेको छ । निर्माताले फिल्म आउँदो शुक्रबार रिलिज नहुने कुरा प्रदर्शकलाई जानकारी पठाइसकेको समाचारमा उल्लेख छ । यो फिल्मको लगानी ४ करोड हाराहारी रहेको बताइएको छ । त्यसैले पनि निर्माता रिस्क लिन सक्ने अवस्थामा छैनन् । 


Author

थप समाचार
x