इन्दुज भ्यालीमा ‘बुलबुल’लाई तीन अवार्ड
काठमाडौँ - विनोद पौडेल निर्देशित ‘बुलबुल’ले इन्दुज भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन अवार्ड जितेको छ । तीन वर्षअघि प्रदर्शनमा आएको फिल्मले निर्देशक, अभिनेता र अभिनेत्री गरी तीन विधामा अवार्ड जितेको हो ।
फिल्मबाट निर्देशकको रुपमा विनोद पौडेलले अवार्ड जिते भने फिल्मबाट स्वस्तिमा खड्का र मुकुन भुसालले क्रमशः उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जिते ।अनलाइन चलेको फेस्टिभलमा नेपालबाट सहभागी भएको इटलियन फिल्म ‘सरिता’ले पनि दुई अवार्ड जित्यो ।
फिल्मले कोरियोग्राफी र पटकथामा दुई अवार्ड जितेको हो । यो फिल्मलाई सर्जियो बास्सोले निर्देशन गरेका हुन् । फिल्मको छायांकन भने रविन आचार्यले गरेका हुन् । साउथ एसियाका विभिन्न सहरमा आयोजना गर्ने लक्ष्यसहित सन् २०१९मा सुरु भएको यो फेस्टिभल काठमाडौँमा पनि आयोजना गर्ने आयोजकको लक्ष्य छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया