सिनेमा

रनवीर र अनिल कपुरसँग काम गर्न डराएकी थिइन् परिनीति

इकागज |
पुस २०, २०७८ मंगलबार १३:१६ बजे

मुम्बई - ‘लेडिस भर्सेज रिक्की बहल’बाट १० वर्षअघि बलिउडमा डेब्यु गरेकी परिनीति चोपडाले ‘इशकजादे’बाट सफलताको स्वाद चाखेकी थिइन् । यही वर्ष मात्र उनको बलिउडमा १० वर्ष पूरा भएको छ । परिनीति अभिनीत फिल्मले सोचे झैँ सफलता नपाए पनि उनले खाली बस्नु भने परेको छैन ।

फ्लपका फ्लप दिँदा पनि आउँदा साल उनका ठूलो ब्यानरका थुप्रै फिल्म रिलिज हुँदैछन् । त्योमध्येको एक हो ‘एनिमल’ । तमिल फिल्म ‘अर्जुन रेड्डी’ निर्देशक सन्दीप भांगा रेड्डीको निर्देशनमा बनेको यो फिल्म गर्दा भने आफूलाई डर लागेको परिनीतिले बताएकी छिन् । उनले यसको कारण भने दिग्गज कलाकारसँग काम गर्नुलाई बताएकी थिइन् । 


‘पहिलो चोटि यो फिल्ममा काम गर्दा डर लागेको थियो किनकि यसमा अभिनयमा एकदमै कहलिएका कलाकार हुनुहुन्थ्यो,’ परिनीतिले भनेकी छिन् । यो फिल्ममा परिनीतिले रनवीर कपुर, अनिल कपुर र बबी देवलसँग काम गरेकी छिन् । 

गत साल उनको अभिनय रहेका तीन फिल्म रिलिज भएका थिए तर तीनै फिल्म बक्स अफिसमा असफल साबित भएका थिए । यो साल भने परिनीतिका ‘एनिमल’सँगै सुरज बडजात्या निर्देशित ‘उँचाइ’ पनि रिलिज हुने छ । 


Author

थप समाचार
x