सिनेमा

२५ वर्षपछि सँगै काम गर्दै मनीषा र भन्साली

इकागज |
पुस २२, २०७८ बिहीबार ११:३१ बजे

मुम्बई - अभिनेत्री मनीषा कोइराला र निर्देशक सन्जयलीला भन्सालीले २५ वर्षपछि एकसाथ काम गर्ने भएका छन् । दुई दशकअघि उनीहरूले भन्सालीको डेब्यु फिल्म ‘खामोसी : दि म्युजिकल’मा सँगै काम गरेका थिए । फिल्ममा मनीषाले एनी नामको चरित्र निर्वाह गरेकी थिइन् जसले बोली नभएका माता पिता र प्रेमीको बीचमा फसेको युवतीको भूमिका निर्वाह गरेकी थिइन् ।

त्यो फिल्मयता दुवैले सँगै काम गरुन् भन्ने दर्शकको चाहना भए पनि यत्रो वर्षसम्म सम्भव भएको थिएन । अब भने दुवै नेटफ्लिक्सको एक सिरिजका लागि सहकार्य गर्न तयार भएका छन् । समाचारअनुसार भन्सालीले मनीषालाई ‘हिरामन्डी’मा एक महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरेका छन् । फिल्ममा यसअघि नै हुमा कुरेसी र सोनाक्षी सिन्हा तय भइसकेका छन् । 


‘हिरामन्डी’लाई नेटफ्लिक्सले निर्माण गर्न लागेको हो । सिरिजको रुपमा आउन लागेको यो फिल्मले वेश्यागमनका लागि पाकिस्तानमा कुनै समय चल्तीमा रहेको ठाउँको कथा प्रस्तुत गर्ने बताइएको छ । सिरिज ७ भागमा बन्ने र हरेक भाग १ घन्टाको अवधिको रहने पनि जानकारी गराइएको छ । यसको पहिलो भाग भन्साली स्वयंले निर्देशन गर्नेछन् भने बाँकी भाग अरु निर्देशकले । 


Author

थप समाचार
x