सिनेमा

लियोनार्दो र जेनिफरको ‘डन्ट लुक अप’को नेटफ्लिक्समा रेकर्ड

इकागज |
पुस २२, २०७८ बिहीबार १६:५० बजे

लसएन्जल्स - वातावरण परिवर्तनमाथि व्यंग्य गरिएको फिल्म ‘डन्ट लुक अप’ले नेटफ्लिक्समा नयाँ रेकर्ड कायम गरेको छ । लियोनार्दो डिकाप्रियो र जेनिफर लरेन्सको मुख्य भूमिका रहेको यो फिल्मले हप्तामा सबैभन्दा धेरै समय हेरिएको फिल्मको रेकर्ड कायम गरेको हो । यो फिल्म डिसेम्बर २७ र जनवरी २ मा गरी करिब  १ अर्ब ५२ करोड २९ लाख घन्टा हेरिएको थियो । 

सार्वजनिक भएको २८ दिनमै यो फिल्म नेटफ्लिक्समा सर्वाधिक हेरिने फिल्मको सूचीको तेस्रो नम्बरमा आएको छ । यो फिल्मअघि ‘बर्ड बक्स’ र ‘रेड नोटिस’ छन् । 
नेटफ्लिक्सले हप्तामा एक चोटि तथ्यांक सार्वजनिक गर्छ र अहिले हेरिरहेको अनुपात हेर्दा यो फिल्मले चाँडै नै ‘रेड नोटिस’लाई उछिन्ने अनुमान गरिएको छ । 


नेटफ्लिक्सले सार्वजनिक गरेको तथ्यांकमा म्यागी ग्लेनहालको निर्देशन रहेको ‘दि लस्ट डटर’ सर्वाधिक हेरिने अंग्रेजी भाषाको फिल्ममा तेस्रो नम्बरमा रहेको छ । यो फिल्म २० लाख घन्टा हेरिएको नेटफ्लिक्सले जनाएको छ । 

त्यसैगरी सिजर रोड्रिगेज निर्देशित ‘लुल्ली’ गैर अंग्रेजी भाषा सर्वाधिक हेरिने फिल्ममा सूचिकृत भएको छ । यो फिल्म पनि डिसेम्बर २७ र जनवरी २ मा गरी १६ लाख घन्टा हेरिएको छ । 


Author

थप समाचार
x