सिनेमा

६ वर्षपछि पहिलोपल्ट चीनमा कोरियन सिरिज !

इकागज |
पुस २३, २०७८ शुक्रबार १७:३४ बजे

६ वर्षपछि पहिलो पटक कोरियन सिरिज चीनमा प्रदर्शन भएको छ । ६ वर्षअघि चीनले कोरियन फिल्म तथा सिरिजमा प्रतिबन्धको घोषणा गरेको थियो । सिरिजको प्रदर्शनसँगै दुवै देशको अवरुद्ध साँस्कृतिक सम्बन्ध सुचारु भएको मानिएको छ । 

राज्य नियन्त्रित म्यांग्यो टिभीले कोरियन सिरिज ‘सायम डाङ’ प्रदर्शन गरेसँगै यसको सुरुवात भएको हो । यो च्यानललाई राज्य नियन्त्रित हुनान ब्रोडकास्टिङले चलाउँदै आएको छ । जेसिओन राजवंशको कथा समेटिएको सिरिज चिनिया भाषामा डब गरेर देखाइएको हो । 


चीनमा कोरियन फिल्मले पनि अघिल्लो वर्षदेखि मात्र प्रवेश पाउन थालेका हुन् । सन् २०२० को डिसेम्बर ३ मा धेरै वर्षपछि कोरियन फिल्म चिनिया हलमा रिलिज भएका थिए ।  सन् २०१५ मा प्रदर्शन भएको ‘असासिनेसन’ चीनमा प्रदर्शन भएको पछिल्लो फिल्म थियो । मंगलबारदेखि प्रसारण भएको ‘सायम डाङ’ भने कोरियामा सन् २०१७ मा प्रसारणमा आएको थियो ।  


Author

थप समाचार
x