सिनेमा

लियोनार्दोको नाममा रुखको प्रजातिको नामाकरण

इकागज |
पुस २४, २०७८ शनिबार १४:१८ बजे

लसएन्जल्स -वातावरणको मुद्दालाई चोटिलो गरी प्रस्तुत गरेको भन्दै भर्खरै रिलिज भएको फिल्म ‘डन्ट लुक अप’बाट तारिफ खाइरहेका लियोनार्दो डिकाप्रियोलाई वैज्ञानिकले उनको यो योगदानको थप अनुमोदन गरेका छन् । वैज्ञानिकले क्यामरुनको जंगलमा भेटिएको रुखको प्रजातिलाई ‘युभारियोप्सिस डिकाप्रियो’ नाम दिएका छन् जुन लियोनार्दो डिकाप्रियोको नामबाट राखिएको हो । 

बीबीसीले लेखेको समाचारमा वैज्ञानिकले वातावरण संरक्षणमा लियोनार्दोले गरेका योगदानका आधारमा यो सम्मान दिइएको बताएका छन् । लियोले क्यामरुनमा भइरहेको वन फँडानीको बारेमा मिडियामार्फत आवाज उठाएका थिए ।


क्यामरुन सरकारले वन फँडानी गर्न छुट दिएपछि काठ तस्करी बढेको भन्दै लियोनार्दोले आवाज उठाएका थिए । सन् २०२२ मा लियो पहिलो व्यक्ति बनेका छन् जसको नाममा रुखको प्रजातिको नाम राखिएको छ । 


Author

थप समाचार
x