‘चपली हाइट ३’ रिलिजमा अन्यौल, सिडीओको निर्णय कुर्दै निर्माण टिम
काठमाडौँ- कोभिड व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आइतबार साँझ अचानक स्कुल बन्द गर्ने र २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गर्न सरकारलाई सिफारिस गरेपछि फिल्म क्षेत्रमा तरंग छाएको छ । बल्ल बल्ल तंग्रिन लागेका हल सम्भावित निर्णयले तर्सिएका छन् भने रिलिजको तयारी गरिरहेका फिल्म पनि के गर्ने नगर्ने दोधारमा छन् ।
यो अनिश्चयको मारमा सबैभन्दा बढी परेको छ ‘चपली हाइट ३’ । आउँदो शुक्रबार यो फिल्म रिलिज हुनेवाला थियो तर नेपालमा संक्रमण दर बढ्ने जोखिमसँगै सरकारले पाबन्दी लगाउने संकेत देखिएसँगै यो फिल्म रिलिज हुने कि नहुने दोधारमा छ ।
तर निर्देशक निकेश खड्काले सीसीएमसीले आइतबार गरेको सिफारिस मात्र सरकारले सदर गर्ने हो भने आफूहरू फिल्म रिलिज गर्ने मुडमा रहेको उनले बताए । इकागजसँगको कुराकानीमा उनले भने ‘हिजोको सीसीएमीको निर्णय मात्र सरकारले सदर गर्ने हो भने हामी फिल्म रोक्ने पक्षमा छैनौँ तर थप कडाइ गर्यो र हल नै बन्द भए भने हामीसँग सर्नुको विकल्प रहनेछैन ।’
सरकारले माघ ३ देखि स्कुल बिदा गर्न सिफारिस गरेको छ भने माघ ७ देखि सार्वजनिक स्थानमा खोप कार्ड देखाएर मात्र प्रवेश गर्न सकिने बताएको छ । सीसीएमसीले गरेको यो सिफारिस मन्त्री परिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ ।
‘चपली हाइट ३’ पछि प्रदर्शन घोषणा गरेको ‘म यस्तो गीत गाउँछु २’ को रिलिज पनि अन्यौलमा नै छ । यो फिल्मले न प्रचारप्रसार थालेको छ पूर्व घोषणाबाट पछि नै सरेको छ । अवस्था यस्तै रहे, यो फिल्म पनि सर्ने सम्भावना प्रबल छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया