विश्वमा सर्वाधिक कमाउने फिल्मको सूची :
आठौँमा आइपुग्यो नयाँ ‘स्पाइडरमेन’, टप टेनमा अरु कोको छन् ?
लसएन्जल्स - सोनी वितरित ‘स्पाइरडरमेन’ को नयाँ शृंखला ‘स्पाइरडरमेन : नो वे होम’ले बक्स अफिसमा पैसा छाप्ने क्रम रोकेको छैन । यो फिल्मले दिनहुँ नयाँ नयाँ रेकर्ड राख्दै गइरहेको छ ।
यो फिल्मले विश्वभरबाट १ अर्ब ५३ करोड अमेरिकी डर कमाइ गर्न सफल भएको छ र विश्वका धेरै देशमा यो फिल्म अझै पर्याप्त दर्शकका साथ चलिरहेको छ । भएन यो फिल्म चीनमा अझै रिलिज हुन बाँकी छ । हलिउड फिल्मका लागि चीन सबैभन्दा ठूलो बजार मानिन्छ ।
विकेन्डमा मात्र यो फिल्मले विश्वबजारबाट ६४ लाख अमेरिकी डलर बराबर कमाइ गरेको छ घरेलु बजारबाट कुल कमाइमा ३३ लाख अमेरिकी डलर थपेको छ । विकेन्डको यो कमाइसँगै फिल्मले १२ देखि नवौँ नम्बरमा रहेका ‘दि एभेन्जर’, ‘फ्युरियस ७’ र ‘फ्रोजन २’लाई पछि पारेको हो । नम्बर ५ भित्र पर्न अब यो फिल्मले ‘दि लायन किंग’, ‘जुरासिक वल्र्ड’ र ‘एभेन्जर इनफिनिटी वार’को कमाइलाई उछिन्नु पर्नेछ ।
ओम्रिकोन भाइरसको बढ्दो संक्रमणका बीच पनि यो फिल्मको कमाइलाई आश्चर्यजनक मानिएको छ । यो फिल्म अमेरिकाको घरेलु बजारमा पनि सर्वाधिक कमाउने फिल्मको सूचीमा ६ नम्बरमा आइपुगेको छ । यो क्रममा यसले ‘टाइटनिक’ र ‘जुरासिक वल्र्ड’ पनि घरेलु बजारमा पछि पारेको छ । अमेरिकाबाहिर यो फिल्मले बेलायत, मेक्सिको र इन्डोनेसियामा सर्वाधिक व्यापार गरेको छ ।
सबैभन्दा कमाउने फिल्मको सूचीको १ नम्बरमा ‘अवतार’ छ भने दोस्रोमा ‘एभेन्जर एन्डगेम’ छ । ‘टाइटानिक’, ‘स्टार्स वार्स सातौँ’ र ‘एभेन्जर इनफिनिटी वार’ क्रमशः तेस्रो, चौथो र पाँचौँमा छन् । ‘स्पाइडरमेन’ भन्दा अघि छैटौँ र सातौँ स्थानमा ‘जुरासिक वल्र्ड’ र ‘दि लायन किङ’ रहेका छन् । नवौँ र दसौँ नम्बरमा क्रमशः ‘दि एभेन्जर्स’ र ‘फ्युरिस ७’ रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया