ट्रेलरमा देखिएर फिल्ममा नदेखिएको भन्दै एना डे आरमसलाई मुद्दा
लसएन्जल्स - ट्रेलरमा देखिएर फिल्ममा नदेखिएको भन्दै अभिनेत्री एना डे आरमसलाई उनकै दुई फ्यानले मुद्दा हालेका छन् । उनीहरूले स्थानीय निकायमा आफूहरूलाई झुक्याइएको भन्दै अभिनेत्रीविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।
मेरिल्यान्डमा बस्ने ३७ वर्षीय कोनर वालफ र साउन डिएगो काउन्टी बस्ने ४४ वर्षीय पिटर माइकल रोजाले भाडामा ‘एस्टर्डे’ हेर्दा ठगिएको भन्दै उजुरी दर्ता गराएका हुन् । उनीहरूले अमेजन प्राइममा ३.९९ डलर तिरेर फिल्म हेरेको तर फिल्ममा एना डे आरमसलाई नपाएको भन्दै मुद्दा दर्ता गराएका हुन् । उनीहरूले ठगिएका उपभोक्तालाई राहत दिनुपर्ने भन्दै ५० लाख क्षतिपूर्ति माग गरेका छन् ।
एना डे आरमसलाई फिल्म ‘एस्टर्डे’को ट्रेलरमा देखाइएको थियो । तर फिल्ममा उनको एक दृश्य पनि थिएन । पहिले सुटिङ गरिएको भए पनि सम्पादनमा उनको भूमिकामा कैंची चलेको थियो । लेखकले अन्तिम सम्पादनमा यो दृश्य हटाउनु परेको माग गरेका थिए । हिमेश मलिकको मुख्य भूमिका रहेको यो फिल्ममा उनले यस्तो चरित्र निर्वाह गरेका छन् जसले बिटल्सलाई देख्छ र उनका गीतलाई आफ्नो भनेर दाबी गर्छ । फिल्ममा एनाले हिमेशकै छोटो समयकी प्रेमिकाको भूमिका निर्वाह गरेकी थिइन् ।
यसअघि ‘ड्राइभ’माथि पनि यस्तै मुद्दा परेको छ । एक जना दर्शकले फिल्मको नामले हाइस्पिड एक्सन ड्रामाको झल्को दिने भएकाले सोही कुरा सोचेर फिल्म हेर्न गएको तर फिल्म व्यक्तिगत घटनामा अल्झिएको भन्दै निर्माताविरुद्ध मुद्दा हालेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया