सिनेमा

क्यानडामा रे रेनल्डस्को नाममा सडक

इकागज |
माघ १६, २०७८ आइतबार १३:२५ बजे

ओटावा- ‘डेडपुल’ अभिनेता रे रेनल्डस्को नाममा क्यानडाको ओटावामा सडकको नाम राखिने भएको छ । ओटावाका मेयरले ट्वीटरमा उनको नाममा सडकको नाम राखिने बताएका हुन् । 

भ्यानकोभरमा जन्मिएका रे रेनोल्डस्ले क्यानडामा सबैभन्दा धेरै समाजसेवा गर्ने सेलिब्रेटी मध्ये पर्छन् । ओटावाका मेयर जिम वाट्सनले भनेका छन्, ‘यो स्पष्ट छ ओटावाको मनमा रेलागि विशेष स्थान छ ।


उनको सम्मानमा हामीले सडकको नाम रेको नाममा राख्न लागेका छौँ । चाँडै उनको नामको मोसन लेटर यहाँ झुण्डिनेछ ।’ ५ छोराछोरीको बुबा रेले मेयरको सूचनामा प्रतिक्रिया दिँदै आफ्नो नाममा सडकको नाम राखिने कुराले सम्मानित महसुस भएको बताएका छन् । उनले थपेका छन्, ‘ मैले एउटी छोरीको नाम चैँ ओटावा राख्ने भएँ ।’

रे र श्रीमती ब्लेक लाइभलीले ओटावाको फुड ब्यांकमा निरन्तर सहयोग गर्दै आएका छन् । क्यानडाबाट सानोतिनो भूमिका गर्दै हलिउड पुगेका रेलाई ‘डेडपुल’का दुई सिरिजले स्टार बनाएका थिए । 


Author

थप समाचार
x