सिनेमा

गल गाडोटको फिल्म कुवेतमा प्रतिबन्ध

इकागज |
माघ २४, २०७८ सोमबार १७:२० बजे

कुवेत- इजरायली अभिनेत्री गल गाडोटको नयाँ फिल्म ‘डेथ अन अ नाइल’ कुवेतमा प्रतिबन्धमा परेको छ । अरबमा हलिउड फिल्म प्रतिबन्ध हुने शृंखला लामो छ । साना साना निहुँमा पनि अरब देशले फिल्ममा प्रतिबन्ध लाउने गरेका छन् तर यो पटक भने कुवेतले फिल्मको विषयलाई लिएर हैन कलाकारको कुरालाई लिएर फिल्म प्रदर्शन नगराउने निर्णय लिएको हो ।

विदेशी समाचारमा उल्लेख भएअनुसार गल गेडोटका कारण कुवेतले यो फिल्ममा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सन् २०१४ मा इजरायल र कुवेतबीचको तनावमा गल गाडोटले इजरायली सेनाको पक्ष लिएकी थिइन् । योबाहेक गाजामा भएको युद्धमा पनि उनले सेनाको वकालत गरेकी थिइन् ।


हमासमाथि उनले गरेको टिप्पणीले पनि कुवतीलाई चिढ्याएको थियो । यिनै कारण देखाउँदै कुवेतीले उनको फिल्म देशमा प्रदर्शनमा रोक लगाएका हुन् । कुवेत इजरायलसँग राम्रो सम्बन्ध भएका हरेक मानिसका विपक्षमा रहने गरेको छ । गल गडोटको फिल्म कुवेतमा प्रतिबन्ध परेको पहिलो अवसर भने होइन । गडोटको ‘वन्डर वुमन’ पनि कुवेतसँगै अन्य अरबी राष्ट्रमा प्रतिबन्धमा परेको थियो । 


Author

थप समाचार
x