सिनेमा

कोरोना मुक्त भए हरिवंश दम्पति

इकागज |
कात्तिक ६, २०७७ बिहीबार ११:५ बजे

काठमाडौं : कोभिड १९ को संक्रमणमा परेका हरिवंश आचार्य र रमिला आचार्य  कोभिड मुक्त भएको जानकारी दिएका छन् । हरिवंश आचार्यले बिहीबार सामाजिक सञ्जालमा आफू दुवैको रिपोर्ट नेगेटिभ भएको बताए । 

दुई हप्ताअघि हरिवंशले आफू दुवैलाई कोरोना पोजेटिभ देखिएको बताएका थिए । इकागजसँगको कुराकानीमा हरिवंशले श्रीमति रमिलाले स्वाद नपाएको बताएपछि शंका लागेर जाँच गराउँदा पोजेटिभ देखिएको बताएका थिए । श्रीमतिमा गन्ध हराउने र स्वाद नआउने जस्ता लक्षण देखिएको भए पनि आफूलाई भने हल्का रुघा लाग्नेबाहेक अरु लक्षण नदेखिएको बताएका थिए । 


हरिवंशले डाक्टर र साथीभाइको सल्लाह अनुसार गुर्जो, बेसारपानी, झोलिलो पदार्थ खाने आदि खाएर बसेको बताए ।  त्यसबाहेक भने आफूहरूले अश्वगन्धा, च्यावनप्रास जस्ता आयुर्वेदिक टनिक, मल्टिभिटामिन, भिटामिन डी, सी जस्ता दबाइ खाएको हरिवंशले बताए ।

कोरोना संक्रमणले भेट्नुअघि हरिवंश र मदनकृष्ण श्रेष्ठले सँगै एउटा विज्ञापनको सुटिङ गरेका थिए । तर, मदनकृष्ण श्रेष्ठको कोरोना टेस्ट नेगेटिभ आएको थियो । छोराबुहारीसँगै बस्ने हरिवंशले उनीहरूको रिपोर्ट पनि नेगेटिभ आएको बताएका थिए । 
 


Author

थप समाचार
x