सिनेमा

महंगो पारिश्रमिक लिने नम्रताको ‘वरदान’ कस्तो छ ?

इकागज |
माघ २८, २०७८ शुक्रबार १२:१५ बजे

काठमाडौँ - नम्रता श्रेष्ठ अभिनीत लघु फिल्म ‘वरदान’ बिहीबार रिलिज भएको छ । दयाहाङ राई र प्रवीण खतिवडाको समेत अभियन गरेको यो छोटो फिल्मले मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषयलाई प्रस्तुत गरेको छ ।

२४ मिनेट  अवधिको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । लेखन पनि उनकै हो । यो लघु फिल्मका लागि नम्रताले ३ लाख हाराहारी पारिश्रमिक लिएको निर्माण निकट स्रोतको दाबी छ । जम्मा ४ दिन सुटिङ गरेको फिल्मका लागि नम्रताले सुरुमा भने ५ लाख माथि रकम मागेको निर्माण स्रोत बताउँछ । जबकि लगभग यही पारिश्रमिकमा धेरै हिरोइनले ४५ दिने सेड्युल रहेको फिल्म सुटिङ गर्छन् ।


बजारमा पछिल्लो समय कलाकारले आफ्नो पारिश्रमिक अनावश्यक बढाएका छन् । यो कोटीमा नम्रता पनि पर्छिन् । उनले ‘प्रसाद २’मा अभिनय गर्नका लागि २० लाख मागेको र निर्माताले त्यति नै रकम तिरेको पनि चर्चा चलेको थियो । तर अरुको फिल्ममा २० लाख माग्ने नम्रताले आफैंले बनाएको ‘जायरा’बाट भने २ लाख पनि उठाउन सकेकी थिइनन् । उनी फरक भूमिकामा देखिएको फिल्मले व्यापक चर्चाका बाबजुद बक्स अफिसमा दुःख लाग्दो व्यापार गरेको थियो । 

कलाकारको पारिश्रमिकको कुरा आउँदा धेरैले सक्नेले तिर्ने र नसक्नेले नतिर्ने जवाफ आउँछ । तर कलाकारको पैसाबाहेक पनि अरु दायित्व हुन्छ भन्ने पनि तर्क छ । त्यसमाथि बजारबाट आफूले लिएको पारिश्रमिक बराबर नै रकम नउठ्ने हो भने आफ्नो स्टारडमप्रति पुनर्विचार गर्नु कलाकारको कर्तव्य हुन्छ । 

‘वरदान’ ‘जायरा’पछि नम्रता पर्दामा देखिएको सिर्जना हो । अभिनयमा उनी खारिएसको महसुस हुन्छ । सन्देश दिने उद्देश्यले बनाएको भए पनि फिल्ममा भाषण छैन । नम्रतासँगै पर्दामा देखिने दयाहाङ राई र प्रवीण बुढाथोकी थिएटरमा खारिएका कलाकार हुन् । त्यो अनुभव फिल्ममा पनि देखिन्छ । 

निर्देशक दीपेन्द्र लामाले  कोभिड(१९ पछि भएका लकडाउनहरुले नेपालमा आत्महत्या बढेको समाचार पढेपछि आफू ुवरदानुको कथा लेख्न प्रेरित भएको निर्देशक तथा लेखक दीपेन्द्र लामाको भनाइ छ । आफूले बनाएको फिल्मले थोरै मानिसलाई पनि भित्रैबाट परिवर्तन गर्यो भने आफूलाई खुसी लाग्ने उनले बताएका छन् । 

शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको ुवरदानुमा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले पनि अभिनय गरेका छन् ।

 


Author

थप समाचार
x