सिनेमा

अनमोलसँग लन्डन जाँदै सारा

इकागज |
फागुन १०, २०७८ मंगलबार १४:१८ बजे

काठमाडौँ - प्रेमी प्रेमिकाको रुपमा नाम जोडिएका अनमोल केसी र सारा सिरपाइलीले एक साथ फिल्म खेल्ने भएका छन् । अनमोल पहिले नै अनुबन्धित भएको फिल्म ‘हनी बनी’मा सारा पनि अनुबन्धित भएसँगै पर्दामा अनमोल र साराको जोडी देखिने भएको हो । दिवाकर भट्टराईले निर्देशन गर्न लागेको यो फिल्ममा सलोन बस्नेत पनि अनुबन्धित भइसकेका छन् । 

अनमोल र साराको नाम अनमोलको ‘क्याप्टेन’ रिलिजताका जोडीको रुपमा चर्चामा थियो । तर यो खबरमा कत्तिको सत्यता थियो, अनमोल र सारा नै जानुन् । तर सारासँग छुटेपछि अनमोलको नाम आज्ञा कारन्जितसँग जोडिएको थियो ।


लन्डनमा सुटिङ हुन लागेको फिल्म मार्चबा फ्लोरमा लैजाने निर्माण टिमको तयारी छ । साराले निखिल उप्रेतिको जोडीको रुपमा ‘रुद्र’बाट डेब्यु गरेकी थिइन् । निखिलसँगै ‘पिंजडा ब्याक अगेन’मा काम गरेकी साराको अन्तिम फिल्म ‘सुश्री सम्पत्ति’ हो । उनको अभिनय रहेको ‘गुञ्जन’ हाल पोस्ट प्रडक्सनमा छ । 


Author

थप समाचार
x