नाबालिगको न्यायको पक्षमा रेखा र ऋचाको आवाज
काठमाडौँ - अभिनेता पल शाहमाथि बलात्कार आरोप लगाउने नाबालिगको सामाजिक सञ्जालमा चरित्र हत्या भइरहँदा घटनाको बारेमा मौनता साँधेको टिप्पणी खेपेका अभिनेत्रीहरूले पालैसँग मुख खोल्न थालेका छन् । मंगलबार बिहानै अभिनेत्री रेखा थापाले नाबालिगलाई संरक्षण गर्नुपर्ने दायित्व समाजको भएको उल्लेख गर्दै नाबालिगमाथि भइरहेका आक्रमणको विरोध गरेकी थिइन् ।
यसैगरि, अभिनेत्री ऋचा शर्माले पनि नाबालिगको संरक्षण गर्ने जिम्मा राज्यको भएको र आफूहरू पनि राज्यको हिस्सेदार भएको उनको संरक्षण गर्नुपर्ने दायित्व आफूहरू पनि भएको उल्लेख गरेकी छिन् ।
उनले नाबालिगको करमै पनि शारीरिक सम्पर्क भएको छ भने त्यसलाई कानुनले बलात्कार मान्ने र कानुनमा यो सम्बन्धी स्पष्ट व्यवस्था हुँदाहुँदै नाबालिगको विश्वास तोड्नेको पक्षमा समाज उभिने कल्पना पनि गर्न नसकिने बताएकी छिन् ।समकक्षी अभिनेत्रीहरू खुल्लम् खुल्ला बलात्कार आरोपीलाई न्याय मागिरहेको ब्यानरसहित सामाजिक सञ्जालमा उपस्थित भइरहँदा आएको दुई अभिनेत्रीको नाबालिगको पक्षमा आवाज आएको हो ।
रेखाले मंगलबार बिहानै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘ २० वर्ष मुनिका छोरीहरु बालिका हुन् । बालिका कानुनतः् सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो । को सँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतीकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बरको त कुरा गरी साध्य छैन । केटी मान्छे भने पछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’
पल शाहले नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि मनोरञ्जन उद्योगकै थुप्रै कलाकार पल शाहलाई न्याय चाहियो भन्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन् । तर रेखा र ऋचाले कानुनको व्यवस्थालाई उद्धृत गर्दै न्यायको पक्षमा उभिन आग्रह गरेका छिन् । ऋचा लेख्छिन् ‘मुलुकी अपराध संहिताले भन्छु १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो।ु कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो।
राज्य भनेको हामी पनि त हौनी। हैन र रु १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिनुको कानुनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै। अनी नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो। यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो। उसैले बोलाएको भनेर कानुनले छुट दिन्न ११ मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले। नाबालिगको संरक्षण, कानुनको सम्मान हो ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया