‘ए मेरो हजुर ४’को सुटिङका लागि बंगलादेश उडिन् सुहाना
काठमाडौँ - अभिनेत्री सुहाना थापा ‘ए मेरो हजुर ४’को सुटिङका लागि बंगलादेश उडेकी छिन् । सुहाना सुटिङ क्रुसहित शुक्रबार बंगलादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् ।
वैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको केही भाग बंगलादेशमा सुटिङ गर्नुपर्ने कथाको माग थियो । तर बारम्बारको महामारीका कारण निर्माण टिमले बंगलादेश जाने मेसो जुराउन सकेको थिएन । बंगलादेशले तेस्रो लहर थामिएर प्रतिबन्धहरू खुकुलो बनाएसँगै ‘ए मेरो हजुर ४’को टिम सुटिङका लागि बंगलादेश उडेको हो ।
फिल्ममा सुहाना थापाले बंगलादेशमा डाक्टर अध्ययनरत युवतीको भूमिका निर्वाह गरेकी छिन् । सुहानाले बंगलादेशमा अध्ययन गरिरहेको परिवेश खिच्न निर्माण टिम बंगलादेश उडेको हो । यो सेड्युलमा अनमोल केसी भने छैनन् । निर्माता सुनिलकुमार थापा, निर्देशक झरना थापा र छायांकार सञ्जय लामा सानो टिम लिएर सुटिङमा निस्किएका हुन् ।
अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्मको केही दिनअघि मात्र दोस्रो गीत सार्वजनिक भएको छ । ‘सुन्तला’ बोलको गीतमा अनमोलले गरेको नृत्यलाई दर्शकले प्रशंसा गरेका छन् । यसअघि सार्वजनिक भएको शीर्ष गीतले भने मिश्रित प्रतिक्रिया पाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया