सिनेमा

प्रचारका लागि पूर्व–पश्चिम यात्रामा ‘चिसो एष्ट्रे’को टोली

इकागज |
फागुन २९, २०७८ आइतबार १०:४६ बजे

काठमाडौँ - आउँदो चैत ४ गते प्रदर्शन हुन लागेको चलचित्र ‘चिसो एष्ट्रे’ले मोफसलमा पनि प्रचार प्रसार तीव्र बनाएको छ । प्रचारलाई काठमाडौँ केन्द्रित मात्र नबनाएर फिल्मका कलाकार तथा निर्देशक मोफसल यात्रामा निस्किएका हुन् । फिल्मको टोली दुई भागमा बाँडिएर मोफसल यात्रामा दर्शकसँग साक्षात्कार गर्न निस्किएको थियो । 
निर्माता महेशबाबु तिमिल्सिनाले कलाकार, निर्माता तथा निर्देशकको टोलीले पूर्व र पश्चिममा बेग्लाबेग्लै गरी दर्शकलाई फिल्मको बारेमा जानकारी दिएको बताए । उनका अनुसार पूर्वमा सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ र निर्माता महेशबाबु स्वयं फिल्मको प्रचारका लागि गएका थिए भने पश्चिममा निर्देशक दिन्स पाल्पाली, कलाकार दिव्य देव र नबिन लम्साल फिल्मको बारेमा जानकारी दिन नेपालगञ्ज धनगढी जस्ता स्थानमा पुगेका थिए ।


पूर्वमा निकुन र सृष्टिले विराटनगर, इटहरी, बिर्तामोड जस्ता सहरमा कलेजका विद्यार्थीसँग अन्तक्र्रिया गर्नुका अलावा पत्रकारसँग पनि साक्षात्कार गरेका थिए । 
निर्माता महेशबाबुले फिल्मको ट्रेलरलाई लिएर दर्शकमा चासो रहेको र यसले आफूहरूले लामो समय लगाएर गरेको मेहनत सार्थक भएको महसुस गरेको बताएका थिए । 

निर्देशक दिन्स पाल्पालीले पनि आफ्नो होम टाउनमा फिल्मलाई लिएर दर्शकको उत्सुकता देखेर खुसी लागेको बताए । उनको टोलीले पनि कलेज भ्रमणसँगै नेपालगञ्ज र धनगढीमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो । 


Author

थप समाचार
x