गैंडाकोटमा पल शाहकाे सकियाे बयान
नवलपुर - बालगायिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहकाे गैंडाकोटमा बयान सकिएकाे छ । शाहले गैंडाकोटमा बयान दिँदा आफूले जबरजस्ती करणी नगरेको दावी गरेका छन्।
बयान सकिएपछि अभिनेता शाहलाई फेरि तनहुँको दमौली पठाइएको छ । जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको गैंडाकोटका डिएसपी दिलीप गिरीले जानकारी दिए।
उनका अनुसार पीडित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुर प्रहरीपनि शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए। जिल्ला अदालत तनहुँले अभियुक्त शाहलाई चैत ४ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया