डी सिने अवार्डमा उत्कृष्ट अभिनेत्रीका लागि सुरक्षा र साम्राज्ञीबीच प्रतिस्पर्धा (मनोनयनसहित)
काठमाडौँ- १२ औँ डी सिने अवार्डमा उत्कृष्ट अभिनेत्रीका लागि वर्षा सिवाकोटी, साम्राज्ञी शाह, नम्रता श्रेष्ठ , सुरक्षा पन्त र केकी अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरू क्रमशः ‘वीरविक्रम २’ ‘मारुनी’, ‘जाइरा’, ‘आमा’ र ‘छ माया छपक्कै’बाट उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेका हुन् ।
अभिनेता तर्फ भने आर्यन सिग्देल, दयाहाङ राई, पुष्प खड्का, दीपकराज गिरी र विपिन कार्की उत्कृष्ट अभिनेताका लागि भिडनेछन् । उनीहरू ‘हजारजुनी सम्म’, ‘कबड्डी ३’ ‘मारुनी’, ‘छ माया छपक्कै’ र ‘जात्रै जात्रा’का लागि उत्कृष्ट ५ भित्र पर्न सफल भएका हुन् ।
आयोजक छायाँछवि क्रिएसनले कोभिडका कारण विगत २ वर्षदेखि आयोजना हुन नसकेकोले २०७६ मा रिलिज भएका चलचित्रको प्रतिस्पर्धा अहिले गर्न लागिएको जनाएको छ । यो संस्करणका लागि २०७६ मा रिलिज भएका ६१ चलचित्रमध्ये ‘प्रिजज’ मार्फत ३६ चलचित्र छानिएको आयोजकले जानकारी दिएका छन् ।
बाह्रौं छायाँछवि डि सिने अवार्डका लागि लेखक निर्देशक कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, प्रतिष्ठित संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री मोडल तथा साहित्यकार शोभिता सिंखडा निर्णायक रहेका थिए । अवार्ड चैत्र १२ गते काभ्रेको धुलिखेलमा सम्पन्न हुँदैछ । अवार्डका अध्यक्ष शान्तिप्रियले अब हरेक वर्षको अवार्ड नियमित रुपले गर्दै लगिने बताए ।
१२ औं छायाँछवि डी सिने अवार्ड २०७८का उत्कृष्ट ५ मनोनयन
१. उत्कृष्ट पाश्र्व संगीत
क. रोहीत शाक्य ः कबड्डी कबड्डी कबड्डी
ख. शैलेश श्रेष्ठ ः मारुनी
ग. सुजिल कर्माचार्य ः हजार जुनीसम्म
घ. एलिस कार्की ः साङ्लो
ङ. एलिस कार्की ः रातो टीका निधारमा
२. उत्कृष्ट ध्वनि मिश्रण
क. उक्तम न्यौपाने ः लभ डायरीज
ख. मुकेश शाह ः हजार जुनीसम्म
ग. अमित श्रेष्ठ ः आमा
घ. सुनयमान श्रेष्ठ ः छ माया छपक्कै
ङ. अमित श्रेष्ठ ः जात्रै जात्रा
३. उत्कृष्ट गीतकार
क. हर्क साउद – जुनी काट्छु भन्थ्यौ ः कबड्डी कबड्डी कबड्डी
ख. नरेश भट्टराई – बाचा ः वीर वीक्रम
ग. राजेन्द्र थापा – जुनको जुनेली ः छ माया छपक्कै
घ. सुरेश गैरे ‘विवश’ – जीन्दगीको के छ र ः सेल्फी किङ
ङ. सुरेश वाग्ले – सक्दिन म ः मारुनी
४. उत्कृष्ट पाश्र्व गायिका
क. मिलन नेवार – चरीले काफल टीप्यो ः साङ्लो
ख. मेलिना राई – रातो टीका निधारमा ः रातो टीका नीधारमा
ग. इतु जोजीजु – बिर्सन सकिन ः मखमली मखमली
घ. अञ्जु पन्त – भिजिट भिषामा ः दाल भात तरकारी
ङ. मिना निरौला – जुनको जुनेली ः छ माया छपक्कै
५. उत्कृष्ट पाश्र्व गायक
क. सुगम पोखरेल – सत्य सत्य ः हजार जुनीसम्म
ख. हेमन्त राना – जुनी काट्छु भन्थेउनी ः कबड्डी कबड्डी कबड्डी
ग. कृष्ण काफ्ले – हाने मैले झटारो ः मारुनी
घ. प्रमोद खरेल – रातो टीका निधारमा ः रातो टीका निधारमा
ङ. नीशान भट्टराई – भिजिट भिषामा ः दाल भात तरकारी
६. उत्कृष्ट चलचित्र लोक संगीत÷संगीतकार
क. एस.डी. योगी – जुनी काट्छेउ ः कबड्डी कबड्डी कबड्डी
ख. राजनराज सिवाकोटी – चरीले काफल टिप्यो ः साङ्लो
ग. बसन्त थापा – जुनको जुनेली ः छ माया छपक्कै
घ. राजनराज सिजाकोटी – एमजी रोडैमा ः हजार जुनीसम्म
ङ. अर्जुन पोखरेल – छम् छम् ः लभ डायरिज
७. उत्कृष्ट संगीतकार
क. अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ ः लभ डायरीज
ख. सुरेश अधिकारी – झ्याम्मै आँखा झ्याम्मै ः साङ्लो
ग. कोशिष क्षेत्री – बजार लाग्या छ ः दी कर्मा
घ. एलिस कार्की – कुन मायाको साईनो ः साइनो
ङ. ताराप्रकाश लिम्बु – बाचा ः वीरवीक्रम २
८. उत्कृष्ट नृत्य निर्देशक
क. कविराज गहतराज – एम जी रोडैमा ः हजार जुनीसम्म
ख. शिशिर खाती – सिल्की सिल्की ः च च हुई
ग. कविराज गहतराज – जुनको जुनेली ः छ माया छपक्कै
घ. विक्रम लामा÷एञ्जीला खत्री – सुन्यौ कि सुनेनौ ः लभ डायरीज
ङ. कविराज गहतराज – चरीले काफल ः साङ्लो
९. उत्कृष्ट द्वन्द्व निर्देशक
क. सम्राट बस्नेत ः जाइरा
ख. शंकर महर्जन ःहिरो नं. १
ग. श्री श्रेष्ठ ः साङलो
घ. अष्ट महर्जन ः दी कर्मा
ङ. हिमाल के.सी. ः वीर विक्रम २
१०. उत्कृष्ट हास्य कलाकार
क. राजाराम पौडेल ः दाल भात तरकारी
ख. जयनन्द लामा ः साङ्लो
ग. केदार प्रसाद घिमिरे ः छ माया छपक्कै
घ. क्षितिज सुवेदी ः वीरबीक्रम २
ङ. शिवहरी पौडेल ः रातो टीका निधारमा
११. उत्कृष्ट खलपात्र
क. प्रकाश शाह ः साङ्लो
ख. शिशिर वाङदेल ः छ माया छपक्कै
ग. प्रमोद अग्रहरी ः जाईरा
घ. परमिता आर.एल. शाह ः दी कर्मा
ङ. बुद्धी तामाङ ः वीर वीक्रम २
१२. उत्कृष्ट कथा
क. गोविन्द फूयांल ः मारुनी
ख. दीपेन्द्र लामा ः छ माया छपक्कै
ग. अशोक शर्मा ः रातो टीका निधारमा
घ. सुवास सिंह बस्न्यात ः धुलो
ङ. सम्राट सापकोटा ः कप्स
१३. उत्कृष्ट पटकथा
क. रामबाबु गुरुङ्÷उपेन्द्र सुब्बा ः कबड्डी कबड्डी कबड्डी
ख. गोविन्द फुयांल÷नवल नेपाल ः मारुनी
ग. दीपराज गिरी ः छ माया छपक्कै
घ. आशुतोष राज श्रेष्ठ ः जाईरा
ङ. विकाश आचार्य÷सामीप्यराज तिमल्सेना ः हजार जुनी सम्म
१४. उत्कृष्ट सम्वाद
क. रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बा ः कबड्डी कबड्डी कबड्डी
ख. गोविन्द फुँयाल÷नवल नेपाल ः मारुनी
ग. विकाश आचार्य÷सामिप्यराज तिमल्सेना ः हजार जुनीसम्म
घ. दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, अभिमन्यू निरवी
ः छ माया छपक्कै
ङ. महेश दवाडी ः कुम्भ करण
१५. उत्कृष्ट नव–नायिका
क. रुवीना थापा ः लभ डायरीज
ख. रेवीका गुरुङ ः मारुनी
ग. सिर्जना रेग्मी ः जाईरा
घ. सन्दिपा लिम्बु ः कप्स
ङ. निकीता चण्डक ः साङ्लो
१६. उत्कृष्ट नव–नायक
क. आकाश पल ः कुम्भ करण
ख. सम्राट मगर ः जाईरा
ग. अंकित शर्मा ः रातो टीका निधारमा
घ. करण वर्मा ः दी कर्मा
ङ. अखिलेष प्रधान ः हजार जुनीसम्म
१७. उत्कृष्ट नव–निर्देशक
क. सुदन के.सी. ः दाल भात तरकारी
ख. विराज भट्ट ः साङ्लो
ग. विशाल सापकोटा ः सेल्फी किङ
घ. आशुतोष राज श्रेष्ठ ः जाईरा
ङ. सौरभ चौधरी ः लभ डायरिज
१८. उत्कृष्ट चरित्र अभिनेत्री
क. अरुणा कार्की ः रातो टीका निधारमा
ख. संचीता लुइटेल ः हजार जुनीसम्म
ग. मिथिला शर्मा ः आमा
घ. रमा थपलिया ः छ माया छपक्कै
ङ. सरीता राजेपाध्याय ः वीर वीक्रम २
१९. उत्कृष्ट चरित्र अभिनेता
क. विष्णु सापकोटा ः लभ डायरिज
ख. माओत्से गुरुङ ः कबड्डी कबड्डी कबड्डी
ग. अर्जुन श्रेष्ठ ः मारुनी
घ. विनोद श्रेष्ठ ः कीर्तिपुर
ङ. प्रकाश घिमिरे ः छ माया छपक्कै
२०. उत्कृष्ट सह–अभिनेत्री
क. स्वस्तिमा खड्का ः हजार जुनीसम्म
ख. सरिता गिरी ः आमा
ग. संगीता नापित ः दी कर्मा
घ. आँचल शर्मा ः दाल भात तरकारी
ङ. नीता ढुंगाना ः साईनो
२१. उत्कृष्ट सह–अभिनेता
क. कर्मा ः कबड्डी कबड्डी कबड्डी
ख. सलोन बस्नेत ः हजार जुनीसम्म
ग. भोलाराज सापकोटा ः च च हुई
घ. जीतु नेपाल ः छ माया छपक्कै
ङ. रविन्द्र झा ः जात्रै जात्रा
२२. उत्कृष्ट छायाँकार
क. पुरुषोत्तम प्रधान ः हजार जुनी सम्म
ख. शैलेन्द्र डी कार्की ः कबड्डी कबड्डी कबड्डी
ग. हरी हुमागाई ः छ माया छपक्कै
घ. सञ्जय लामा ः मारुनी
ङ. मानकृष्ण महर्जन ः साङ्लो
२३. उत्कृष्ट सम्पादक
क. निमेश श्रेष्ठ÷सुरेन्द्र पौडेल ः कबड्डी कबड्डी कबड्डी
ख. लोकेश बज्राचार्य÷प्रवीन श्रेष्ठ ः जाईरा
ग. बिपिन मल्ल ः छ माया छपक्कै
घ. मित्रदेव गुरुङ ः मारुनी
ङ. मित्र डी. गुरुङ ः जात्रै जात्रा
२४. उत्कृष्ट अभिनेत्री
क. वर्षा सिवाकोटी ः वीरविक्रम २
ख. साम्राज्ञी शाह ः मारुनी
ग. नम्रता श्रेष्ठ : जाईरा
घ. सुरक्षा पन्त : आमा
ङ. केकी अधिकारी ः छ माया छपक्कै
२५. उत्कृष्ट अभिनेता
क. दयाहाङ राई ः कबड्डी कबड्डी कबड्डी
ख. पुष्पल खड्का ः मारुनी
ग. आर्यन सिग्देल ः हजार जुनीसम्म
घ. दीपकराज गिरी ः छ माया छपक्कै
ङ. विपिन कार्की ः जात्रै जात्रा
२६. उत्कृष्ट निर्देशक
क. दिपेन्द्र लामा ः छ माया छपक्कै
ख. प्रदीप भट्टराई ः जात्रै जात्रा
ग. विकाशराज आचार्य ः हजार जुनीसम्म
घ. नवल नेपाल ः मारुनी
ङ. रामबाबु गुरुङ ः कबड्डी कबड्डी कबड्डी
२७. उत्कृष्ट चलचित्र
क. कबड्डी कबड्डी कबड्डी ः सिनेमा आर्ट प्रा.लि.
ख. मारुनी ः पुनम इन्टरटेनमेन्ट प्रा.लि.
ग. हजार जुनीसम्म ः एवीसी एण्ड एआरसी ग्रान्डसन फिल्मस् प्रा.लि.
घ. जात्रै जात्रा ः षटकोण आर्टस् प्रा.लि.
ङ. छ माया छपक्कै ः आमा सरस्वती मूभिज् प्रा.लि.
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया