पल शाह प्रकरण : वकिल कार्यालयमा बुझाइयो मिसिल
काठमाडौं– नाबालिग एक गायिकालाई ललाइफकाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्धको जाहेरीमा गरिएको अनुसन्धान वकिल कार्यालय पुगेको छ। उनीमाथि अनुसन्धान सकिएकालेरायसहित मिसिल वकिल कार्यालय पुर्याइएको हो ।
बलात्कार उजुरी परेदेखि शाह प्रहरी हिरासतमा छन्।
न्यायाधिवक्ता रामचन्द्र शर्माले कार्यालयमा मिसिल आइपुगेको जनाएका हुन् । विभिन्न प्रलोभनमा पारेर शाहले एक वर्षदेखि नाबालिगलाई बलात्कार गरेको उजुरी उनीमाथि छ । तनहुँ प्रहरीमा पीडितका परिवारले उजुरी दिएका थिए । ११ गते उजुरी दिएपछि अभिनेता पल केही दिन फरार थिए । उनी १५ गते मात्रै प्रहरीसामू पुगेका हुन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया