सिनेमा

पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता

इकागज |
चैत ८, २०७८ मंगलबार १३:५२ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नाबालिग गायिकालाई ललाइफकाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध तनहुँ प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीले मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

तनहुँ जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्माले सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालतमा अभियोग पत्र पठाइसकेको बताए । ‘हामीले आफ्नो काम सकाएर अदालतलाई पठाइसक्यौं,’ उनले भने ।


सोमबार मात्र प्रहरीले अनुसन्धान सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । उनीमाथि अनुसन्धान सकिएकाले रायसहित मिसिल वकिल कार्यालय पुर्याइएको हो ।

बलात्कारको उजुरी परेको केही दिनपछि आफैँ तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका शाहलाई प्रहरीले दुई चोटि म्याद थपेर अनुसन्धान गरेको थियो ।

शाहमाथि विभिन्न प्रलोभनमा पारेर नाबालिगलाई बलात्कार गरेको उजुरी उनीमाथि छ । पीडित नाबालिगको तर्फबाट उनका बाबुले तनहुँ प्रहरीमा उजुरी दिएका थिए । नवलपरासीमा यसअघि नै उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।


Author

थप समाचार
x